३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णाली करिडोरको ६६ किलोमिटर सडकको काम सकियो

१६ पुष २०७४, आईतवार १५:३२

पुस १६, कालिकोट । कर्णाली करिडोरअन्तर्गत खुलालु–सिमीकोट सडकखण्डको ६६ किलोमिटर सडकखण्डको निर्माण कार्य पूरा भएको छ । 

कालिकोटको लालीघाटदेखि घाटपारीचौर ३३ किलोमिटर र बाजुराको राताडाँडादेखि अर्थुगेचौरसम्म ३३ किलोमिटर सडक निर्माण भएको हो । कर्णाली करिडोर अन्तर्गतको १ सय ९६ किलोमिटर सडकखण्डमध्ये खुलालु–सिमीकोट ६६ किलोमिटरमा गाडी सञ्चालन गर्न सकिने नेपाली सेनाको निर्माण कार्यदलले जनाएको छ ।

कर्णाली करिडोर अन्तर्गतको हाल लालीघाटदेखि घाटपारीचौर सम्मको ३३ किलोमिटरमा गाडी सञ्चालनमा रहेको अन्य ठाउँमा निर्माण कार्य पुरा भएको भुक्काखोलाको भीर फोडेमा करिब ७० किलोमिटरसम्म गाडी सञ्चालन गर्न सकिने नेपाली सेना निर्माण कार्यदलका इन्द्रवीर गुरुङ्गले बताए । ‘भुक्काखोलादेखि तोलीभीरसम्म ४ किलोमिटर भीर फोड्न बाँकी रहेको छ’ उनले भने,‘यो भीर फोडियो भने ७० किलोमिटरसम्म निर्माण कार्य पुरा हुनेछ । अहिलेसम्म ६६ किलोमिटर कार्य पूरा भएको छ ।’

कर्णाली करिडोर निर्माण नेपाल सरकारले १ अर्ब ४८ करोड ११ लाख १६ हजार बजेट रहेको छ । कर्णाली करिडोरको १ सय ४५ किलोमिटर खुलालुदेखि हुम्लाको सलिसल्लासम्म नेपाली सेनालाई निर्माण जिम्मा दिइएको छ भने सलिसल्लादेखि हुम्लाको सिमीकोटसम्म ५१ किलोमिटर सिमीकोट हिल्सा सडक आयोजनाको जिम्मा दिइएको छ । 

हिल्सा सिमिकोट सडकखण्ड पनि छोटिँदै कर्णाली करिडोरअन्तर्गतको हिल्सा–सिमकोट खण्ड छोटिँदै गएको छ ।

९५ किलोमिटर लम्बाइ भएको यो खण्डमा हिल्सादेखि दक्षिण नाम्खा गाउँपालिकाको ओखरथलासम्म १५ किलोमिटर सडकमा ट्रयाक खुलेपछि गाडी आउजाउ गर्न थालेका छन् । 

सडक आयोजना प्रमुख विजयकुमार थापाका अनुसार तुम्कोटस्थित कर्णाली नदीमा यो वर्ष ‘बेलिब्रिज’ निर्माण भएपछि हिल्सादेखि ओखरथलासम्म गाडी चल्न सहज भएको हो । ओखरथलामा गत वर्षमै ट्रयाक खुलिसकेको थियो ।

यसअघि कर्णाली नदीको पुल नबन्दा हिल्सादेखि तुम्कोटसम्म ३८ किलोामिटर मात्र गाडी गुड्ने गरेका थिए । हिल्सा सिमीकोट सडकखण्डको ९ किलोमिटर मात्र निर्माण हुन बाँकी रहेको रहेको थापाले बताए । 

‘हिल्सादेखि ओखरथलासम्म सडक खुलेपछि स्थानीय बासिन्दाका आधा दर्जन गाडी गुड्ने गरेको छ’ उनले भने, ‘अहिले आधा दर्जन गाडी गुड्न थालेका छन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’