२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सरकारी कोषका चार खर्ब बढी रकम पूँजीबजारमार्फत परिचालन गरिने

२०७४, २४ पुष सोमबार ११:४७

रमेश लम्साल/हरि लामिछाने | पुस २४, काठमाडौँ (रासस) | नेपाल स्टक एक्सचेन्जले सरकारी कोषमा रहेको झण्डै रु चार खर्ब पाँच अर्ब स्थिर रकमलाई पूँजी बजारमार्फत परिचालन गरी बजार विस्तार गर्ने पहल शुरु गरेको छ । 

सरकारी स्वामित्वमा रहेका कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेनाको सैनिक कल्याणकारी कोष, नेपाल प्रहरीको कोष, सशस्त्र प्रहरी कोष, सामाजिक सुरक्षा कोषलगायतका कोषको रकम पूँजी बजारमा आकर्षित गराउने पहल गरेको हो । 

कोषलाई स्थिररुपमा मात्रै राख्दा त्यसले कुनै पनि मुनाफा नदिएको र लगानीको विस्तारसमेत नभएकाले बजार विस्तारका लागि स्टकले पहल शुरु गरेको हो । स्टकका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषका उच्च अधिकारीसँग छलफल गरिसकेको जानकारी दिनुभयो । 

कर्मचारी सञ्चय कोषसँग रु दुई खर्ब ५० अर्ब सञ्चित कोष रहेको छ । नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा रु ४० अर्ब, नागरिक लगानी कोषसँग चालु आर्थिक वर्षको कात्तिकसम्म रु ९६ अर्ब ४३ करोड ८३ लाख तथा सामाजिक सुरक्षा कोषमा रु १४ अर्ब रकम रहेको छ । 

नेपाल प्रहरीको कल्याणकारी कोषमा रु दुई अर्ब १९ करोड तथा सशस्त्र प्रहरीको कल्याणकारी कोषमा रु एक अर्ब २७ करोड रहेको छ । प्रमुख कार्यकारी अधिकृत साउदले सेना र प्रहरीसँग छिट्टै पूँजी बजारमा लगानीका लागि छलफल गर्ने आन्तरिक योजनामा रहेको बताउनुभयो । 

“बजार विस्तारसँगै लगानीमा अभिवृद्धि हुने भएकाले स्टकले सरकारी कोषको रकमलाई परिचालन गर्ने नीतिअनुसार छलफल शुरु गरिएको हो । हामी छिट्टै त्यस्ता कोषको रकमलाई पूँजी बजार विस्तारमा परिचालन गर्न लागेका छाँै” उहाँले भन्नुभयो । 

नेपालको पूँजी बजार करिब रु १६ खर्बको रहेको छ । बजार विस्तार गरी लगानीका थप स्रोतको पहिचान, परिचालनका लागि सरकारी स्थिर कोषको पनि योगदान रहन सक्ने बुझाइमा स्टक रहेको छ । 

साना लगानीकर्ताले मात्रै बजारको विस्तार हुन नसक्ने र बजारको स्थायित्वसमेत हुन नसक्ने भएकाले सबै प्रकारका स्रोत तथा कोषलाई लगानीका लागि परिचालन गर्न लागिएको स्टकको भनाइ छ । 

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सामाजिक सुरक्षा कोषमा रहेको रकम पूँजी बजारमा प्रयोग गर्न सकिन्छ भन्ने ज्ञानको अभावमा पनि परिचालित हुन नसकेको स्टकको बुझाइ छ । 

“पहिले हामी त्यस्ता निकायसँग छलफल गर्छौं र उनीहरुलाई पूँजी बजारमा जाँदाको फाइदा र लगानी विविधिकरणको विषयमा जानकारी दिन्छौँ । आशा छ उहाँहरु पनि पूँजी बजारमा आउनुहुनेछ” साउदले भन्नुभयो । 

यस्तै स्टकले रु ५० करोडभन्दा माथि कारोबार गर्ने निजी क्षेत्रका संस्थालाई समेत साधारण शेयर जारी गर्ने वातावरण बनाउन लागिपरेको छ । सहज र स्वच्छ व्यावसायिक कारोबारका लागि पनि पछिल्लो दिनमा निजी क्षेत्रका व्यापारिक संस्थाले समेत साधारण शेयर जारी गर्ने तत्परता देखाएका छन् । 

पछिल्लो दिनमा डिस होम नेपाल, शिवम् सिमेन्ट, अर्घाखाँची सिमेन्टलगायतका व्यापारिक संस्थाले पनि साधारण शेयर जारी गर्ने तयारी गरेका छन् । 

वास्तविक क्षेत्रलाई पूँजीबजारमा ल्याइँदै 

स्टकले अस्पताल, शैक्षिक संस्था, यातायात कम्पनी, व्यावसायिक संस्था, सेवा क्षेत्रलाई पनि पूँजी बजारमा ल्याउन पहल शुरु गरेको छ । यस्तै पछिल्ला दिनमा सिमेन्ट उद्योग, केबलकार, उद्योग तथा सेवा क्षेत्रमा लगानी बढेको छ । 

लगानीको मात्रा बढ्दै गएका त्यस्ता वास्तविक क्षेत्रलाई पनि पूँजी बजारमा ल्याउन आफूहरुले पहल गरेको प्रमुख कार्यकारी अधिकृत साउदको भनाइ छ । 

“रु ५० करोडभन्दा बढीका कारोबार गर्ने निकाय ढिलो चाँडो पूँजी बजारमा आउँछन् । हामी सहजीकरण गरिरहेका छौँ । वास्तविक क्षेत्र छिट्टै शेयर बजारमा प्रवेश गर्छ भन्नेमा हामी विश्वस्त छौँ” उहाँले भन्नुभयो । 

बजार विस्तारका लागि विविध स्रोतको परिचालन गर्नु आवश्यक भएको भन्दै स्टकले सानो लगानीले मात्रै आर्थिक समृद्धिको दिशा समात्न नसक्ने हुँदा थप क्षेत्रको खोजी गरिएको जनाएको छ । 

नेपाल दूरसञ्चार प्राधिकरणले पूँजी बजारमा सूचीकृत नभएका दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई पब्लिक कम्पनीमा ल्याई नागरिकको पहुँचमा पुर्याउने नीतिगत पहल शुरु गरेको छ । 

पूँजी बजारमा त्यस्ता क्षेत्रको प्रवेशपछि राम्रो मुनाफा आर्जन गरेका निजी क्षेत्रबाट सञ्चालित सेवामूलक क्षेत्र तथा कम्पनीबाट नागरिकले समेत आर्थिक लाभ लिन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे