२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाचिको मथुराखोलामा माघी मेला हुने

२०७४, २४ पुष सोमबार १२:३८

माधव वेल्वासे | पुस १४, कपिलवस्तु | बराहदह पर्यटकिय तथा धार्मिक समितिको आयोजनामा चौथो बराहदह माघि तथा सस्कृतिक मेलाको तयारी तिव्र रुपमा भएको छ । 

अर्घाखाचि जिल्लाको सितंगगा नगरपालिका ९ मथुराखोलामा सो मेला लाग्ने आयोजकले जनाएको छ ।मेलाको अवशरमा विभिन्न राष्ट्रिीय कलाकारको प्रस्तुती, भलिवल प्रतियोगीता,नृत्य प्रतियोगीता हुने संयोजक तथा प्रचार प्रसार संयोजक गणेश बेल्वासेले वताए ।

आयोजकले मेला लाई सफल वनाउन विभिन्न समिति उपसमिति समेत गठन गरिएको छ ।समिति संयोजकहरुले आ आफ्नो जिम्मेवारि पुरा गरिरहेको आयोजकले जनाएको छ ।प्रकृतिक रुपमा पनि अति सैन्र्दय मनमहक क्षेत्रको पर्यटकिय विकाश सहित विगत ३ वर्ष देखि स्थानियको पहलमा मेला लाग्ने गरेको वडा ९ का अध्यक्ष भिम केसिले वताए ।


सयौ वर्ष पहिला देखि माघे संक्रान्तिको दिन वराहावाजे संग इच्छाएको बर मागे पुरा हुने कगान्ति अनुसार यो दिन पुजा गर्ने चलन रहेको छ ।यस क्षेत्रमा लोपउन्मुख चरा धनुश तथा गोहि पाइने ठाउमा पनि चिन्न सकिन्छ ।

मेलालाई भव्य रुपमा सम्पन्न गर्न सवैको सहयोग आवश्यक रहेको मेला मुल आयोजक समितिका सचिव अनित सारुले जानकारी दिए ।मेलाको प्रचारप्रचार तिव्र रुपमा भईरहेको र मेला सफल पार्न संचारमाध्यको मुख्य भुमिका समेत रहेको प्रचारप्रचार समितिका संयोजक गणेश बेल्वासे वताए । 

शितगंगा ९ स्थित बराहादहको मथुराखोला किनारमा माघ १ गते देखि २ सम्म सञ्चालन हुने मेलाको स्टल, फिल्ड, बाटो, सिडि बनाउनेदेखि लिएर मेला स्थलको व्यवस्थापनका कामहरु सम्पन्न भइसकेका संयोजक बेल्वासेले वताए ।

त्यस्तै मेलाको उद्धघाटन पुर्व उपप्रधामन्त्रि तथा सांसद टोपवहादुर रायमाझीले गर्ने भएका छन ।वडा अध्यक्ष भिम बहादुर केसीले दिएको जानकारी अनुसार, रायमाझी घरदैलोको अभियान सगैं माघ १ गते शितगंगा ९ मथुराखोलामा आउने भएका हुन् । रायमाभःले मेलाको अवलोकन सगै सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने