2026-09-03 06:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोल्पामा स्थानीय तहमा बैँङ्क नहुँदा जनतालाई ज्यानकै जोखिम

टेक शाही/पुस २५, डोल्पा । स्थानीय सरकार गठन भएको ८ महिना बिति सक्दा पनि डोल्पाका स्थानीय तहमा बैँङ्क स्थापना नहुदा जनतालाइ सास्ती भएको छ । 

बिकास निर्माणका काम देखि ब्यक्तिगत आर्थिक कारोवारको लागि जिल्ला सदरमुकाममै धाउनु पर्ने बाध्यता रहेको छ । स्थानीय सरकार बने पछि जनताका सबै सेवा गाँउगाउमा भने पनि आर्थिकको लागि निकै जोखिम मोलेर दुनैमा नै आउनु पर्ने बाध्यता रहेको र स्थानीय तहमा नै बैँङ्कको स्थापना छिट्टै गरिदिए राहात हुने मुड्केचुला गाउपालिका साना सिचाइ उपभोक्ता समितिका अध्यक्ष मिन बहादुर बुढाले बताए । उनका अनुसार गाउगाउमा सिंहदरबार नामको मात्र भएको तर जनताले सिंहदरबारको अनुभुति गर्न नपाएको दुखेसो पोखे । 

जनताले आफ्ुलाइ उपभोक्ता समितिको कोषाध्यक्ष बनाए जनताको काम गर्न चार पाँच दिन लागएर दुनै सम्म आएको र काम गर्न जनतालाइ कठिन भएको कारण सरकारले भने अनुसार गाँउमा नै बैँङ्क खोली दिए सहज अनुभुति हुने मुड्केचुला गााउपालिका गोरेटो बाटो निमार्ण उपभोक्ता समितिकी कोषाध्यक्ष लाल कुमारी बुढाले बताइन । उनले भनीन महिला मान्छे घरको सबै काम छोडेर हप्ता दिन भन्दा धेरै समयको लागि जनताको काम गर्न दुनै आउन पर्ने बताइन । हिउदको समय होटेलमा बसेसर गाउघरको काम गर्नु पर्ने बाध्यता रहेको उनको दुखेसो रहेको छ । 

डोल्पा जिल्लामा सरकारी बैँङ्कमा नेपाल बैँङ्क मात्र भएको र स्थानीय तहमा बैँङ्कहरु स्थापना नभएको कारण पहिलेकै जस्तै सबै ८ वटा स्थानीय तहको आर्थिक काम नेपाल बैँङ्कले नै गर्दै आएको नेपाल बैँङ्क जिल्ला शाखा डोल्पाका शाखा प्रबन्धक बेद बहादुर बुढाले जानकारि दिए । नेपाल बैँङ्कले अब जगदुल्ला गाउपालिकामा शाखा खोल्ने तयारि गरेको भए पनि अझै केहि प्राबिधिक कुराहरु मिल्न बांकी रहेको बताए । 

दुनैमा मात्र इन्टरनेट सेवा भएको र बिद्युत लगायत सुरक्षाका साथै भौतिक संरचानको निर्माण पनि नभएको कारण स्थानीय तहमा बैँङ्कहरुले आफना शाखा बिस्तार गर्न नसेकोको नेपाल बैँङ्क डोल्पाका शाखा प्रबन्धक बेद बहादुर बुढाको तर्क रहेको छ । उनि भन्छन बाणिज्य देखि निजी सम्मका सबै बैँङ्कहरु सबै स्थानीय तहमा जानु पर्ने बताउछन । तर भौतिक संरचाना र इन्टरनेटको ब्यवस्था भने स्थानीय निकायले गर्नु पर्ने उनको भनाइ रहेको छ ।

संिघयता पछि स्थानीय सरकार बने पछि जनताको घरघरमा सिँहदरबार भने पनि भने जस्तो सेवा जनताले घरघरमा नपाएकोले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जनतानै मर्कामा परेको मुड्केचुला गाँउपालिकाका कार्यकारि अधिकृत जग बहादुर बस्नेतले बताए ।

उनका अनुसार हाल बैँङ्क रहेको दुनैबाट मुड्केचुला गाउपालिका ४५ कोष टाडा पर्ने र सामाजिक सुरक्षाका काम देखि लिएर अन्य उपभोक्ताका सबै काम गर्न दुनैमा नै आउनु पर्ने बाध्यता रहेको पनि बताए.। बस्नेत भन्छन बाटो. बन्दैछ कतिबेला मान्छे मर्छकी यात उपभोक्ता समितिको साथमा भएको रकम लुटिन्छ थाहा हुदैन जोखि छ आउदा जाँदा धेरै जनाको समूह बनाएर हिड्नु पर्ने भन्दै दुखेसो पोखे । सरकारले जनतालाइ सेवा दिनु पर्ने सेवा सबै घरघरमा भने अनुसार दिनु पर्ने उनले बताए । 

डोल्पा जिल्लामा ६ गाँउपालिका र २ नगारपालिका गरि ८ वटा स्थानीय तह रकेका छन । तर ठुलीभेरि नगरपालिकामा रहेको नेपाल बैँङ्क,सिटिजन इन्टरनेशलन बैँङ्क,निर्धन उत्थान बैँङ्क बाहेक अन्य कुनै पनि स्थानीय तहमा बैँङ्कहरु स्थापना हुन सकेका छैनन । 

केहि स्थानीय तहले बैँङ्क स्थापनाको लागि पहल गरेको भनेर भने पनि आधिकारीक रुपमा कुनै पनि सरकारी तथा निजी बैँङ्कहरुले आफना शाखाहरु बिस्तार गर्न सकेका छैनन । त्यस कारण डोल्पा जिल्लामा आर्थिक कारोवारका सबै काम जिल्लाका तिनै बैँङ्कबाट हुने गर्दन । 

तल्लो डोल्पाका स्थानीय तहमा नै बैँङ्कहरु बिस्तार हुन नसके पछि माथिल्लो डोल्पाका ३ वटा गाउपालिका छार्का ताङस्योङ,डोल्पो बुद्ध र शे–फोक्सुण्डो गाउपालिकामा त कल्पना नै गर्न नसकिने नागरिकहरु बताउछन । भौगोलिक बिकटताकै कारण पनि जनताले भने अनुसारका  सेवाहरु बिस्तार हुन अझै एक दशक लाग्ने नागरिकहरुले अनुमान गरेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही