२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बजेट कटौती भएपछि सडक आयोजना अलपत्र

२६ पुष २०७४, बुधबार ०८:२१

  पुस २६, म्याग्दी (रासस) | बजेट कटौती भएपछि म्याग्दीमा सञ्चालित छ वटा ग्रामीण सडक आयोजना अलपत्र परेको छ । 

सडक डिभिजन कार्यालय बागलुङमार्फत आव २०७३/७४ मा बजार केन्द्र तथा पर्यटकीय महत्वका सडक कार्यक्रमअन्तर्गत सञ्चालित आयोजना अलपत्र परेको हो । 

दरवाङ–देवीस्थान–धारापानी–ताकम–ढोरपाटन सडकअन्तर्गत पुरानो सडक स्तरवृद्धिका लागि र मुनादेखि मार्ग खोल्न दुई वटा छुट्टाछुट्टै आयोजना सञ्चालन भएको थियो । यसैगरी बिमको अर्गला हुँदै मराङ–मल्कबाङ–कुइनेको नयाँ मार्ग निर्माण, पोखरेबगर–घार–शिख स्तरवृद्धि, रत्नेचौर–भकुण्डे–भकिम्ली, अर्थुङ्गे–पुलाचौर–कुहुँ सडक आयोजना सञ्चालनमा आएको थियो तर काम पूरा नहुँदै बजेट कटौती भएपछि ती सबै आयोजना अलपत्र परेका हुन् । 

ती सबै सडक आयोजना निर्माण गर्न विभिन्न निर्माण कम्पनीसँग रु सात करोडमा सम्झौतासमेत भएको थियो । सो आवको अन्त्यमा शुरु भएको काम पूरा नहुँदा लक्ष्यअनुसार सबै बजेट खर्च हुन सकेको थिएन । 

चालू आवमा अर्थ मन्त्रालयले बजार केन्द्र जोड्ने पर्यटकीय महत्वका सडक शीर्षकको कार्यक्रममा बजेट विनियोजन नभएकाले काम अघि बढाउन नसकिएको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख इञ्जिनियर थानेश्वर खत्रीले बताउनुभयो । 

योजनाले पूर्णता नपाउँदा सडकको अवस्था लथालिङ्ग बनेको छ । सडक फराकिलो बनाउन भित्ता खनिएपछि कतिपय ठाउँका बस्तीसमेत जोखिममा परेका छन् । सडक डिभिजनले शुरु गरेको कामले पूर्णता नपाउँदा स्थानीय तह र अन्य आयोजनाले काम अघि बढाउन सकेका छैनन् । 

सडक डिभिजन योजनाले निरन्तरता पाउने÷नपाउने भन्नेमा अन्योल रहँदा गाउँपालिकाले बजेट विनियोजन गरेको योजना सञ्चालनमा अप्ठ्यारो परेको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । 

गाउँपालिकाले चालू आवमा बिम अर्गला मराङ मल्कवाङ सडक आयोजनाका लागि रु ९० लाख विनियोजन गरेको छ । तर सोही सडकको मार्ग खोल्न सडक डिभिजनले गत वर्ष शुरु गरेको काम अलपत्र अवस्थामा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो