२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ओखलढुंगाका सबै गाउँलाई सदरमुकामसँग सिधा सडक सञ्जालले जोडियो

२०७४, २६ पुष बुधबार १२:३५

पूर्णप्रसाद न्यौपाने/पुस २६, ओखलढुंगा । ओखलढुंगाका सबै गाउँहरु सदरमुकामसँग सिधा सडक सञ्जालमा जोडिएको छ । 

जिल्लाका  दुर्गम र टाढा भनिएका गाउँपालिका खिजीदेम्बा र लिखु पनि सदरमुकामसँग सिधा सडक सञ्जालले जोडिएसँगै सदरमुकामसँग जिल्लाका सबै गाउँहरु जोडिएका छन् ।

बुधबार लिखु गाउँपालिका जोड्ने मोटरबाटो उद्घाटन गरिएसँगै जिल्लाका सबै नगर र गाउँ पालिकामा जिल्ला भित्रकै सडक मार्ग हुँदै पुग्न सकिने भएको हो ।


बुधबार साँघुटार, नर्मदेश्वर, गाम्नाङ्गटार पोकली, खिजीफलाटे ग्रमिण कृषि सडक उद्घाटन गरिएको छ । लिखुगाउँपालिका वडा नं ६ को मुलपँधेरामा आयोजित एक कार्यक्रमका बिच ओखलढुंगाका प्रतिनिधीसभा सदस्य सांसद यज्ञराज सुनुवार र प्रदेशसभा ख का सांसद मोहनकुमार खड्काले संयुक्त रुपमा उक्त सडक उद्घाटन गर्नु भएको हो । 

बिगत आठ वर्ष देखी निरन्तर सडक निर्माणमा जुटेका स्थानीयहरुले सडक निर्माणलाई प्राथमिकता दिएका थिए । लिखु गाउँपालिका वडा नं ६ गाम्नाङ्गटारको कात्तिके पहरामा लगातार दुई महिना देखी पहरो फुटाए पछि लिखु गाउँपालीकाको वडा नं. ६, ७, ८ र ९ पनि सदरमुकाम सँग जोडिएको हो ।

सडक उद्घाटन गर्दै सांसद यज्ञराज सुनुवारले अब जिल्लामा सडक सञ्जाल बाट कुनै पनि गाउँहरु टाढा नभएको बताउनुभयो । ‘ओखलढुंगे जनताले सदरमुकाम जान अरुको भूमि प्रयोग गर्नुपर्ने बाध्यता ट¥यो’ सांसद सुनुवारले भन्नुभयो ‘जिल्लाका सबै नगर र गाउँपालिका अनि पालिका भित्रका वडाहरुमा सहज रुपमा सवारी चडेरै जान सकिने बनाईयो,अब यि सडकको स्तरोन्नती र बस्ति बस्तिमा सडक पु¥याउने कामलाई तिव्रता दिईने छ ।’ 

आफ्नो क्षेत्र भित्रको सडक बाह्रै महिना सवारी चल्न सक्ने अवस्थामा राख्न सांसद सुनुवारले जिल्लाका पालिका र वडाका पदाधिकारीहरुलाई निर्देशन समेत दिनुभयो । 

उहाँले तल्लो स्तरबाट हुनेकाम आफैं गर्न र नसक्ने कामहरु योजना बनाएर प्रदेश र केन्द्रमा सिफारीस गर्न पालिका र वडा अध्यक्षहरुलाई आग्रह समेत गर्नुभयो । जनप्रतिनिधिले जनताको चाहना र मागका आधारमा देखिने गरि काम गर्न सक्नुपर्ने उहाँको भनाई थियो ।

सांसद सुनुवारले अबको दुई वर्षमा सिरीसे गाम्नाङ्गटार पोखरीडाँडा हुँदै श्रीचौर सम्मको सडक निर्माणमा सम्पन्न गरिने र सिरीसेको रहेको अधुरो लिखु खोलाको मोटरेवल पुलका लागि आफु निर्वाचित भए पछि ठेकेदार कम्पनीलाई दुई पटक ताकेता गरिसकेको जानकारी दिनुभयो । आँउदो दशै सम्ममा सिरीसेको पुलबाट गाडी दौडाउने सांसद सुनुवारले प्रतिबद्धता जनाउनुभयो ।

सुनुवारले विकासमा हुने भष्ट्रचार नियन्त्रणमा जुट्न सबैलाई आग्रह गर्नुभयो । उपभोक्ता समिति र  ठेकेदार कम्पनीलाई कुनै पनि नाम र वहानामा नेता र कर्मचारीहरुलाई नपोस्न आग्रह गर्नुभयो । कुनै समस्या परे त्यसको समाधान आफुले गर्ने तर विकास विरोधी कदम मान्य नहुने जिकिर गर्नुभयो ।


त्यस्तै प्रदेशसभा ख सदस्य सांसद मोहनकुमार खड्काले उपभोक्ता समिती र ठेकेदार कम्पनीलाई सडक जोड्न सफल भएकोमा धन्यवाद दिदै अधुरा रहेका विकासे योजनाहरुलाई तिब्र गतिमा अघि बढाउन आग्रह गर्नुभयो । 

ठेक्का पार्न बल लगाउने तर ठेक्का लागे पछि काम नगर्ने ठेकदारहरुले समयमा काम नगरे त्यस्ता कम्पनीहरुको लाईसेन्स खारेज गरेर कारबाही गरिने सांसद खड्काले बताउनुभयो । विकास विरोधी कदम चाल्नेलाई जनता र जनप्रतिनिधि मिलेर  ठेगान लगाउनु पर्ने उहाँको भनाई थियो ।

लिखु गाउँपालिका ६ गाम्नाङ्गटारमा आयोजित सडक उद्घाटन कार्यक्रममा डोजर उपलब्ध गराउने लेखबेसी कन्ट्रक्सन, डोजर अपरेटर र हेल्पर तथा सडक डेकेदारकम्पनी लायृ सडक निर्माणमा अहोरात्र खटेको भनि गाउँपालिकाले सम्मान तथा प्रशंसा पत्र समेत प्रदान गरेको थियो । 

साविकका गाउँ विकास समिति तथा जिल्ला विकास समिति सांसद विकास कोष र गाउँपालिकाको दुई करोड एकानब्बे लाख रुपैयामा १८  किलो मिटर सडक निर्माण भए पछि लिखु गाउँपालिकाका सबै वडाहरु सदरमुकाम सँग सिधा जोडीएका हुन् ।

सडक सञ्जालबाट जोडिए पछि स्थानियहरु खुसी भएका छन् । केही दिन अघि सांसदहरु द्धोय सुनुवार र खड्काले खिजीदेम्बा जोड्ने सडक उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ