२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिन्धुपाल्चोक: बाह्रविसेदेखि कर्थलीसम्मको बाटो कालोपत्र हुँदै, गाउँले खुशी

२०७४, २८ पुष शुक्रबार ०७:३१

 पुस  २८,  सिन्धुपाल्चोक, (रासस) । सिन्धुपाल्चोकको पूर्वी उत्तरी क्षेत्र कर्थलीमा दोलखा हुँदै छिमेकी मित्रराष्ट्र चीनसितको फलाटे नाका जोड्ने बाह्रविसेदेखि कर्थलीसम्मको नौ किलोमिटर बाटो कालोपत्र हुन लागेपछि स्थानीयबासीमा खुशियाली छाएको छ । 

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको बतासेदेखि दोलखा हुँदै चीनको सीमास्थित फलाटे नाकासम्म जोड्ने छोटो सडकमार्ग अन्तर्गतको कर्थलीमा नौ किलोमिटर बाटो कालोपत्र हुन लागेपछि ग्रामीण बस्तीमा खुशी छाएको हो । 

बाह्रविसे नगरपालिकाको बतासे, खागदलदेखि ठाँटीचौर, क्षमादेवी, कर्थली, दुरुमथली दोलङ्सा हुँदै दोलखाको विगुसम्म पुग्ने उक्त मोटरबाटो हाल बतासेदेखि दुरुमथलीसम्म कालोपत्र हुन लागेको छ । 

बाह्रविसे नगरपालिका–२ कर्थलीका ४१ वर्षीय मिङ्मा लामु शेर्पा चार घण्टा हिँडेर बाह्रविसे बजार पुग्ने गरेकामा अहिले एक घण्टामा नै बजारबाट घर पुग्दा साह्रै खुशी देखिनुहुन्थ्यो । “धेरै मानिसले तपाईंको गाउँमा बाटो ल्याइदिन्छौँ भन्दै भोट माग्न आए, मलाई गाउँमा यसरी बाटो आउलाजस्तो लागेको थिएन, आज आयो, साह्रै खुशी छु,”, उहाँ भन्नुहुन्छ । 

यस्तै, सोही गाउँका २७ वर्षीय विकास लामा दोलखा र चीनसम्म जोड्ने बाटो आफ्नै गाउँबाट जान लाग्दा साह्रै हर्षित देखिनुहुन्थ्यो । “यो ठाउँ यस्तो होला भन्ने लागेको थिएन, आज कालोपत्र हुँदैछ, अब गाउँमा बस्दा पनि आनन्द लागेको छ”, उहाँ भन्नुहुन्छ । उहाँ गाउँका कोही व्यक्ति बिरामी भयो भने पनि घरमै एम्बुलेन्स आउने बताउनुहुन्छ । 

उक्त सडक दोलखा जिल्लाको उत्तरी भेगमा पर्ने हालको विगु गाउँपालिका र साबिकका १३ गाविसलाई जोड्ने काठमाडौँदेखिको नजिकको मार्ग हो । बतासेदेखि लामाबगर हुँदै चीन नाकासम्मको दूरी झण्डै ५० किलोमिटरको हाराहारीमा रहेको छ । 

कर्थलीका ४७ वर्षीय पासाङ शेर्पा गाउँमै कालोपत्र सडक आएपछि अब दुःखका दिन गएको बताउनुहुन्छ । “बाटो नखुलेको बेला बाह्रबिसेबाट नुन, तेल, मरमसला बोकेर चार घण्टा उकालो चढ्नुपथ्र्यो, आज कालोपत्र सडक गाउँमै आएको छ, अब सामान गाडीमा राखेर घरमा ल्याउन पाइने भइयो, खुशीको सीमा नै छैन,” उहाँ भन्नुहुन्छ । 

सो सडक गौरीशंकर हिमालको पदयात्राका लागि पनि महत्वपूर्ण मानिन्छ । उक्त सडकले छुने ठाउँमा चौँरीका साथै यार्सागुम्बा, पाँचऔँले, खोटेसल्लो र धुपीजस्ता महत्वपूर्ण वस्तु पाइन्छन् । 

सो सडक सोही क्षेत्रका तत्कालीन सांसद एवम् वर्तमान सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको पहलमा कालोपत्र हुन लागेको हो । मन्त्री बस्नेत जिल्लाको पूर्वी, उत्तरी क्षेत्र र दोलखा हुँदै चीनसम्म यातायातका साधनलाई सहज आवागमनका लागि उक्त मोटरबाटोलाई प्राथमिकतामा राखेर कालोपत्रको काम शुरु गर्न लागेको बताउनुहुन्छ । 

“यो बाटोले निकट भविष्यमा नेपाललाई चीनसँग जोडेर दुई देशबीचको सम्बन्ध र व्यापार–व्यवसायलाई जोड्न महत्वपूर्ण भूमिका खेल्नेछ,” मन्त्री बस्नेत भन्नुहुन्छ । 

निर्माणको जिम्मा पाएको जोइन्ट भेञ्चर (लुम्बिनी, बन्धक भगवती, ड्रागन) कम्पनीका इन्जिनियर रोहित पौडेल खत्री आफ्नो कम्पनीले पहाडी क्षेत्रमा बनाएको बाटोमध्ये सो बाटो नमूना बाटो भएको बताउनुहुन्छ । हाल कालोपत्र हुन लागेको बतासेदेखि दुरुमथलीसम्मको नौ किमी सडक रु ३३ करोडमा निर्माण हुन लागेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ