३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेनी–जोमसोम सडक कालोपत्रे गरिने:म्याग्दी

३० पुष २०७४, आईतवार ०७:५५

पुस ३०, म्याग्दी | म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किमीको बेनी–जोमसोम सडक कालोपत्रे हुने भएको छ । 

चार नं प्रदेशको जीवनरेखा कालीगण्डकी कोरीडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले कालोपत्रे गर्ने तयारी भएको जनाएको छ । आयोजनाका इञ्जिनीयर प्रदीप निरौलाले कालोपत्रे गर्न पूर्वाधार निर्माणको काम तीव्ररुपमा अघि बढेको जानकारी दिनुभयो । बेनी–घाँसा खण्डमा डिबीएसडी र घाँसा–जोमसोम खण्डमा असपाल्ट प्रविधिको कालोपत्रे गरिने भएको छ । नालीसहित ११ मि चौडाइ रहने दुई लेनको सडकको सात मि चौडाइमा कालोपत्रे गरिने इ निरौलाले बताउनुभयो । 

विसं २०७६ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट ११ मि फराकिलो दुई लेनको कालोपत्रेका साथै विभिन्न ठाउँका बेलीब्रिजलाई विस्थापन गरेर मोटर जाने पक्की पुल निर्माण गरिने आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले बताउनुभयो । 

चार खण्डमा स्तरवृद्धिको काम गर्न विभिन्न निर्माण कम्पनीसँग रु दुई अर्ब ५० करोडमा ठेक्का सम्झौता भएको छ । चिसाका कारण ११० किमीको जोमसोम– कोरला खण्डको काम रोकिए पनि म्याग्दी खण्डमा सडक फराकिलो बनाउने काम तीव्र रुपमा अघि बढेको छ । 

निर्माण कम्पनी शर्मा गजुरमुखी जेभीका प्रतिनिधि सचिन क्षेत्रीले ११ डोजर र एक हजार मजदुर परिचालन गरेर चार ठाउँमा सडक फराकिलो बनाउने काम भइहेको बताउनुभयो । बैसरी, दुवाडी, दाना, तितर र काभ्रेभीर क्षेत्रमा सडक फराकिलो बनाउन पर्खाल लगाउने र भित्तातर्फको पहाड फुटाउने काम भइरहेको छ । 

लेतेदेखि माथिको क्षेत्रमा डाइभर्सन गरेर सवारी सञ्चालनको व्यवस्था गरिए पनि म्याग्दी खण्डको सडक साँघुरो भएकाले सवारी आवतजावत भइरहेको अवस्थामा काम गर्न कठिनाइ भएको प्रतिनिधि क्षेत्रीले बताउनुभयो । 

अक्करे भीर र कमजोर भूगोलका कारण म्याग्दी खण्डको सडक विस्तारमा जोखिमसमेत उत्तिकै छ । पहाड फुटाउनका लागि ३०५ पिएल क्षमताको स्काभेटर ल्याइएको छ । मजदूरले शरीरमा डोरी बाँधेर भीरमा काम गरिरहेका छन् । 

आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले काम प्रभावित भएपछि सडकमा सवारी सञ्चालनका लागि अस्थायी कार्यतालिका बनाइएको बताउँदै रातिबाहेक बिहान ९ बजे र ११ बजे तथा अपराह्न ३ बजे सवारी सञ्चालनका लागि खुला गर्ने व्यवस्था मिलाइएको सुपरभाइजर शेरचनले बताउनुभयो । 

आयोजना र निर्माण कम्पनीले सवारी सञ्चालन र काम गर्ने समयतालिका बनाउनुपर्ने माग गरेका छन् ।सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो । 

सडक कालोपत्रे भएपछि कोरला नाका सञ्चालन गर्न वातावरण बन्ने, आन्तरिक तथा बाह्य पर्यटक एवं तीर्थयात्रीको आगमन बढ्ने, स्थानीयवासीलाई सुविधा पुग्ने तथा कालीगण्डकी र आसपासका नदीमा जलविद्युत्को विकास हुने अपेक्षा गरिएको अध्यक्ष कर्माचार्यले बताउनुभयो ।  (रासस)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’