२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दैलेखमा औद्योगिक ग्राम स्थापनाको तयारी

२०७४, ४ माघ बिहीबार १६:३७

माघ ४, दैलेख । ठुलो औधोगिक क्षेत्रहरु स्थापना नभएको दैलेखमा औद्योगिक ग्राम स्थापनाको लागि तयारी थालिएको छ । 

जिल्लामा साना उद्योगहरुलाई लक्षित गरी औद्योगिक ग्राम स्थापना हुने भएको हो । औद्योगिक ग्राम नारायण नगरपालिका वडा नम्बर १ मा स्थापना हुने भएको छ ।

औद्योगिक ग्राम स्थापना अन्तिम चरणमा पुगेको लघु उद्यमी समुह संघ दैलेखका अध्यक्ष झवि खत्रीले बताए । उनले घरेलु तथा साना उद्योग विकास समिति र नारायण नगरपालिकाको सहकार्यमा औद्योगिक ग्राम स्थापना हुन लागेको जानकारी दिए । 

औद्योगिक ग्राम स्थापना वारे नारायण नगरपालिका वडा नम्बर १ का अध्यक्ष तीर्थनारायण श्रेष्ठले नगरपालिका र वडाले सहयोग गर्ने बताए ।

उनले औद्योगिक ग्राम स्थापनाले जिल्लालाई औद्योगिक क्षेत्रको विकासमा टेवा पुग्ने र औधोगिक क्षेत्रको दिर्घकालिन संचालनमा नगरपालिकाले आवश्यक पुर्वाधारमा सहयोग पु¥याउने जानकारी दिए । 

उनले जिल्लामा कृषिजन्य तथा वन जन्य उद्योग स्थापना हुनुपर्नेमा जोड दिए । उनले जिल्लालाई सम्मुन्नत बनाउन र रोजगारी श्रृजना गर्न उद्योग स्थापना नै मुख्य काम भएको बताए । पहिलो चरणमा औद्योगिक ग्राममा १० वटा उद्योग स्थापना गरिने लघु उधमी समुह संघका अध्यक्ष खत्रीले जानकारी दिएका छन् ।

हाते कागज, दालमोठ, अल्लो प्रशोधन, सिस्नो प्रशोधन, वाँस मुढा, दुध डेरी, दुना टपरीलगायतका उद्योग औद्योगिक ग्राममा स्थापना हुने र ग्राम भित्र तालिम सेन्टर पनि सञ्चालन गरिने जानकारी दिए । 

औद्योगिक ग्रामका लागि नारायण नगरपालिकाले जग्गा उपलब्ध गराइसकेकोले अब ग्राम बन्ने प्रक्रिया सुरु हुने भएको छ । ग्राम जिल्लास्थित आत्म निर्भर लघु उद्यम सहकारी संस्था लिमिटेड, नारायण नगरपालिका र जिल्ला लघु उद्यमी समुह संघले सञ्चालन गर्ने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो