2026-07-24 09:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्वच्छ ऊर्जाको प्रवद्र्धनमा लघुवित्तको अवसर

माघ ५ , काठमाडौँ  | राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले ऊर्जा र आर्थिक समृद्धि एकापसमा सम्बन्धित रहेकाले सन् २०३० सम्म सबै जनतामा स्वच्छ ऊर्जाको पहुँच पुर्याउन सरकारले विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको बताउनुभएको छ । 

संयुक्त राष्ट्रसंघीय पूँजी विकास कोष (युएनसिडिएफ) र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आयोजनामा आज यहाँ भएको ‘नेपालमा स्वच्छ ऊर्जाको भविष्यका लागि लघुवित्तको अवसर’ विषयक कार्यशालाको उद्घाटन गर्दै उपाध्यक्ष वाग्लेले सो विचार व्यक्त गर्नुभएको हो । 

उहाँले विगत ३० वर्षमा सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पूर्वाधारजस्ता क्षेत्रमा धेरै प्रगति गरेको भए पनि राजनीतिक अस्थिरता र द्वन्द्वले विकास प्रक्रियामा केही अवरोध आए पनि अब मुलुक संरचनात्मक रुपान्तरणमा प्रवेश गरेका अपेक्षित लक्ष्यहरु हासिल गर्न सकिनेछ भन्नुभयो । 

गरिबी न्यूनीकरण, विकेन्द्रीकरण, सुशासन र वित्तीय समावेशीकरण गरी मुलुकको आर्थिक समृद्धिका लागि सरकारले दिगो विकास लक्ष्यसहित विभिन्न कार्यक्रममा जोड दिएको उपाध्यक्ष वाग्लेले बताउनुभयो । 

कार्यशालामा नेपालका लागि नर्वेका राजदूत लास्से जोहान्सेनले नर्वेले नेपालमा नवीकरणीय ऊर्जाका माध्यमबाट ऊर्जाको पहुँच विस्तार गर्न सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । 

जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव प्रकाश माथेमाले नवीकरणीय ऊर्जाको शुरुको लागत केही महँगो पर्ने भएकाले गरिब जनताको पहुँचसम्म ऊर्जालाई पु¥याउन लघु कर्जालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । 

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले २० वर्षअघि देशमा शून्य दशमलव एक प्रतिशतमात्र नवीकरणीय ऊर्जा रहेकामा हाल तीन प्रतिशत उत्पादन भई १७ प्रतिशत जनता लाभान्वित भएको जानकारी दिनुभयो । 

युएनसिडिएफको क्लिनमार्ट कार्यक्रमका प्रबन्धक भिन्सेन्ट विर्डाले कार्यक्रमबाट ऊर्जाको पहुँच विस्तार गरी सन् २०२० सम्म कृषिको उत्पादकत्व र दक्षतामा सुधार, थप लगानीको वृद्धि र डिजिटल भुक्तानी प्रणालीको विकास गर्न लागिएको बताउनुभयो । 

केन्द्र र युएनसिडिएफले सन् २०१४ मा शुरु गरेको सो परियोजनाबाट सेप्टेम्बर २०१७ सम्म एक लाख २५ हजार घरमा नवीकरणीय ऊर्जा प्रविधिको पहुँच पुगेको सो अवसरमा जानकारी दिइयो । यस अवधिमा दुई करोड २० लाख अमेरिकी डलर लगानी भएकामा एक करोड ७० लाख डलर स्वच्छ ऊर्जा प्रविधिमा ऋण प्रवाह भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक