२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विजयनगर गाउँपालिकाको वार्षिक बजेट निति तथा कार्यक्रम सार्वजनिक

२०७४, ५ माघ शुक्रबार १५:०४

माधव बेल्वासे/माघ ५, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउपालिकाले आ.व. २०७४।७५ को वार्षिक बजेट निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

शुक्रवार खुरुहुरीयामा आयोजितक एक कार्यक्रममा सार्वजनिक गरिएको छ । 

गाउपालिकाका प्रमुख गोपाल थापाले ३८ करोड७९ लाख५६ हजार बरावरको निति तथा कार्यक्रमको बजेट सार्वजनिक गरे ।खर्च तर्फ चालु खर्चमा १५ करोड २० लाख१३ हजार र पुजिगत तर्फ २३ करोड ५९ लाख४३ हजार रहेको छ ।

गाउपालिकालाई आगामी ५ वर्षमा विजयनगर गाउपालिकालाई स्थानिय सरकारको रुपमा सस्थागत गर्दै सामाजिक सदभाग झल्काउदै मुलुककै उत्कृष्ट समुन्नत र सुन्दर गाउपालिका बनाउने उद्देश्य सहित योजनाहरु बनाएको पालिका प्रमुख गोपाल थापाले वताए ।


वजेट विनियोजन गर्दा सडक,सिचाई,स्थानिय पुर्वधार, शिक्षा, स्वास्थ्य, खानेपानी,वातावरण संरक्षण,कृषि तथा उद्योगहरुलाई प्राथमिकताका हेरीएको थापाले जिकिर गरे ।सवै क्षेत्रमा आत्मनिर्भर हुदै शीघ्र गरिवी निवारण गर्न मानव शसाधनका विकाश गर्ने र समग्र अर्थतन्त्रलाई समृद्धि र दिगो आर्थिक सामाजिक विकाश लैजाने कार्य चुनैचिपुर्ण रहेको समेत थापाले वताए ।

कार्यक्रममा कपिलवस्तु क्षेत्र  न ३ का सांसद अभिषेक प्रताप शाहले कपिलवस्तुको दक्षिणि क्षेत्रको विकाशले गति वढाउने वताए ।मधेशी समुदायको वाहुल्यता रहेको ठाउमा लगानी कम हुने भएकाले विकाश कम भएको वताए ।

अहिले सम्म सविद्यान निमार्ण र कार्यन्वयनमा रहेको र अव आर्थिक विकाश तर्फ लागेकोमा जोड दिए ।कपिलवस्तुको विजयनगरले एक एतिहासिक योजनाहरु ल्याएको भन्दै प्रशसा गरे । 

सांसद शाहले निति तथा कार्यक्रमहरु लाई व्यभारमा लागु गर्न गाउपालिकालाई आग्रह गरे । विगतमा निति तथा कार्यक्रमहरु जनता सामु नपुग्दा विकाश नभएकोले अहिल स्थानिय सरकारले त्यसमा विशेष ध्यान दिनुपर्ने वताए ।सासंद शाहले फरक प्रशङगमा वोल्दै वाम सरकार हुने हल्ला भएतापनि त्यो धेरैदिन नटिक्ने वताए 

त्यस्तै प्रदेश सदस्य अर्जुन केसीले कपिलवस्तुमा विकाशका योजना हरु ल्याउने आफुले सक्दो प्रयास गर्ने वताए । एक एतिहासी पर्यटकीय स्थल रहेको कपिलवस्तुमा नैमुरे आयोजना र तिलौराकोट को विशेष योजनाहरु ल्याउने प्रयासमा आफु लाग्ने जनाए ।

त्यस्तै कार्यक्रममा वोल्ने पुर्वराज्य मन्त्रि इश्वर दयाल मिश्र,नेपाली काग्रेसका प्रतिनिधि अमर पौडेल,एमालेका कृष्ण प्रसाद भण्डारी, नेकपा माओवादी केन्द्रका दिनेश चापागाई नेपाल पत्रकार महासंघ कपिलवस्तु जिल्ला सचिव हरी अधिकारी,शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी लगाएतले योजनाहरु कार्यन्व्यन हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते