३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नुवाकोटमा जोखिम बस्तीका २७ परिवारलाई घर बनाउन जग्गा उपलब्ध

७ माघ २०७४, आईतवार ०३:५४

माघ ७, नुवाकोट । भूकम्पसँगै गएको सुख्खा पहिरोले बस्ती छाडेर विस्थापित भएका तादी गाउँपालिका–१ उर्लेनीका २७ परिवारका लागि खरानीटारको बुदुनेमा जग्गा खरिद गरिएको छ । 

भूकम्प र पहिरोले बस्ती नै बगाएपछि विस्थापित भएकालाई तादी–३ खरानीटारको बुदुनेमा जग्गा उपलब्ध गराएको गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डेले जानकारी दिनुभयो । 

उर्लेनीबाट विस्थापित भएका २४ परिवारलाई पुस अन्तिम साता बुदुनेमा नै जग्गा उपलब्ध गराई विस्थापितको पुनःस्थापना शुरु गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिरकरणले दोस्रो चरणमा थप २७ परिवारका लागि नौ रोपनी जग्गा खरिद गरी घर बनाउन घडेरी उपलब्ध गराएको हो । 

भूकम्पले आवास पूर्ण क्षति बनाएको र पहिरोले बस्तीमासमेत जोखिम पु¥याएको भूगर्वविद्को अध्ययन प्रतिवेदनअनुसार सुरक्षित स्थानमा पुनःस्थापनाका लागि घडेरी खरिद गर्न सरकारले रु दुई लाख अनुदान दिने प्रावधानअनुसार सरकारी सहयोगमा खरिद गरिएको जग्गा प्रभावितको नाममा हस्तान्तरण गरिएको हो । 

प्रभावितका लागि जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङको सहजीकरणमा गाउँपालिका अध्यक्ष पाण्डेसहित नौ जनाले एकै स्थानमा जग्गा उपलब्ध गराएका हुन् । 

विस्थापितका लागि पुनःस्थापना गरिएको स्थानमा गाउँपालिकामार्फत खानेपानी, सडक, विद्युत् लगातयका विकासका भौतिक पूर्वाधार निर्माणको कार्य शुरु गर्न लागेको अध्यक्ष पाण्डेले बताउनुभयो । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका नि.प्रमुख वेदप्रसाद गौडेलका अनुसार रु ५४ लाख सरकारी अनुदानमा खरिद गरिएको जग्गा श्रीमान्÷श्रीमती भएकाको हकमा संयुक्त लालपुर्जा बनाएर प्रदान गरिएको छ । 

उर्लेनीबाट विस्थापित ५१ घरधुरीलाई एकै स्थानमा राख्न जग्गा खरिद प्रक्रिया पूरा भएकाले अझै बाँकी २२ विस्थापित परिवारलाई पनि जग्गा व्यवस्थापन अन्तिम चरणमा पुगेको प्राधिकरणको जिल्ला कार्यालयले जनाएको छ । 

पुनःनिर्माण प्राधिकरणको तथ्याङ्कअनुसार नुवाकोटको उर्लेनीसहित घ्याङफेदी, लच्याङ, महाकाली, किम्ताङ्क र साल्मेका ३२१ परिवार जोखिमको बस्तीबाट विस्थापित भएकाले पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन गर्नुपर्ने देखिएको छ । 

कार्यालयका अनुसार भूमिहीन र सुकुम्वासीलाई जग्गा व्यवस्थापनका लागि सरकारी अनुदान उपलब्ध गराउन निवेदन संकलन जारी छ । रासस  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’