३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई ७ लाख हस्तान्तरण

९ माघ २०७४, मंगलवार ०३:००

माघ ९, सुर्खेत । पूर्व उपकुलपति कालिप्रसाद पाण्डे, उपप्राध्यापक बच्चुकैलाश पाण्डे र गङ्गाप्रसाद पाण्डेकी माता देवकुमारी पाण्डेले श्रीमान् जयनारायण पाण्डेको नाममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई ७ लाख रुपैयाँ हस्तान्तरण गरेकी छन् ।

विश्वविद्यालय स्थापनार्थ आयोजित महायज्ञमा वाकदान गरेको यज्ञस्थलमा २ लाख ५ हजार र बाँकी रहेको ४ लाख ९५ हजार गरि ७ लाख श्रीपञ्चमीको अवसरमा सोमबार विश्वविद्यालय प्रशासनलाई बुझाएकी हुन् ।

सोमबार पाण्डेले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पुगी रजिस्ट्रार डा. महेन्द्र कुमार मल्ललाई चेक हस्तान्तरण गरेकी छिन् । उक्त रकम हस्तान्तरण गर्दै दाता पाण्डेले रकमको सदुपयोग हुने विश्वास व्यक्त गरिन् । रजिस्ट्रार मल्लले चेक ग्रहण गर्दै उक्त रकम विश्वविद्यालयको भौतिक संरचना निर्माणमा लगानी गरिने बताए ।

विश्वविद्यालय स्थापनाका लागि मौदगल्य समाज नेपालको आयोजनामा २०६५ फागुन २५ देखि चैत्र २ सम्म सञ्चालित महायज्ञमा वाकदान गरेको मध्ये केही रकम उठ्न बाँकी छ ।

यसैबीच मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत र भारतको शारदा विश्वविद्यालयबीच उपकुलपतिस्तरमा द्विपक्षीय समझदारी भएको छ ।मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइराला र शारदा विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा. बृषवन सिंह पवारले हस्ताक्षर गरेको समझदारी पत्रमा विश्वविद्यालयहरुबीच विद्यार्थी, शिक्षक र बिशेषज्ञ आदानप्रदान, संयुक्त अनुसन्धान कार्य, परियोजना कार्य, क्षमता विकास सम्बन्धी तालिम, सेमिनार, सम्मेलन आदिको आयोजना गर्ने समझदारी भएको सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’