३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

घारमा अपाङ्गमैत्री स्वास्थ्य चौकी भवन निर्माण शुरु

९ माघ २०७४, मंगलवार ०४:२५

माघ ९, म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ घारमा १५ श्यया क्षमताको अपाङ्गमैत्री सुविधासम्पन्न स्वास्थ्य चौकीको भवन निर्माण शुरु भएको छ । 

एक करोड ५६ लाखको लागतमा निर्माण हुने सो भवन दुई तले र भूकम्प प्रतिरोधी भवनका लागि वडाध्यक्ष कृष्णप्रसाद बरुवाल र जग्गादाता गोविन्द खड्काले सोमबार श्रीपञ्चमी पर्वका दिन संयुक्तरुपमा शिलान्यास गरे । 

हाल घारको स्वास्थ्यचौकी साँघुरो कोठामा सञ्चालन भइरहेको छ । स्वास्थ्य चौकीलाई आधुनिक उपकरणसहित सेवा सञ्चालन गर्नेगरी शुरु भएको अभियानमा स्थानीयले चन्दा संकलन गरी आठ लाख जुटाएर थप दुई रोपनी नौ आना जग्गा स्वास्थ्य चौकीलाई खरिद गरेपछि चार रोपनी एक आना क्षेत्रफलमा निर्माणाधीन अवस्थामा रहेको भवनको काम शुरु गरिएको वडाध्यक्ष बरुवालले जानकारी दिए । 

१५ श्यया क्षमताको दुईतले भवनका लागि शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय, बागलुङले ठेक्कामार्फत निर्माण कार्य शुरु गरेको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष ठकराज बरुवालले बताए । 

अध्यक्ष बरुवालका अनुसार आगामी वर्ष २०७५ को असार महिनाभित्र निर्माणकार्य सम्पन्न गरिनेछ । गाउँमै सुविधासम्पन्न स्वास्थ चौकीको भवन निर्माण हुन लागेपछि स्थानीयवासी उत्साहित भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’