१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

व्यापार संघ कपिलवस्तुको दोस्रो साधारण सभा सम्पन्न

११ माघ २०७४, बिहीबार ११:०१

माधब बेल्वासे/माघ ११, कपिलवस्तु । व्यापार संघ कपिलवस्तुको दोस्रो साधारण सभा सम्पन्न भएको छ ।

जिल्लाको चन्द्रौटामा भएको सभामा वोल्ने वक्ताहरुले व्यापारीहरुलाई एकजुट गरेर हक अधिकार स्थापितमा लागेकोमा धन्यवाद दिए । व्यावसाय तथा उद्योग संचालन गर्दा धेरै समस्याहरु आइपर्ने भएकोले त्यसलाई अन्त्यको लागी व्यापार संघ लागी परेको वताए । 

कार्यक्रममा प्रमुख अतिथिको आसनवाट वोल्दै प्रदेश सभा सदस्य अर्जुन केसीले समग्र जिल्लाको व्यापारीहरुको हक हितको लागी व्यापार संघले काम गरेको वताए । पहिले साना साना छुपुडि वाट व्यापार गरेको भएपनि अहिले ति व्यावसाय फ्स्टाएर ठुला उद्योगहरु संचालन भइरहेको वताए । 

केसीले व्यापारीको हक अधिकार र संरक्षणको लागी आफुले सक्दो प्रयास र सहयोग गर्ने आश्वासन दिए । व्यापारीक प्रयोजनको लागी  काम गर्ने सस्था भएतापनि विगतको वर्षमा महोत्सव संचालन गरेर सर्पदंशा उपचारको लागी सहयोग गरेको भन्दै संघको प्रशंसा गरे ।


त्यस्तै कार्यक्रमा वोल्दै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले देश अव आर्थिक अन्नती तर्फ लागेको वताए ।नगरलाई आफुले एक औधोगिक करिडोर वनाउने लक्ष्य रहेकोले त्यसको लागी सफल बनाउन व्यापार संघको सहयोग आवश्यक रहेको वताए । नगरलाई समृद्ध बनाउन व्यापारी नै अग्रसर भएर लाग्नुपर्नेमा जोड दिए ।विगतको समयमा  व्यावसाय तथा उद्योग दर्ता गर्न निकै कठिनाइ रहेको गुनासो आएपनि अव त्यो समस्या समाधान भएको वताए । अधिकारीले भने – “नियम अनुसार कागजात लिएरआउनुस दर्ताको लागी समय लाग्दैन”।

त्यस्तै कार्यक्रमा वोल्दै चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमसेर अलिले व्यापारीहरु समंरक्षणको काम गर्ने उद्योग वाणिज्य र व्यापार संघ रहेकोले सरकारले उद्योग संचालन गर्ने विधिलाई सहज वनाउनुपर्ने माग राखे ।यस क्षेत्रमा ७ वटा ठुला उद्योगहरु संचालनको तयारीमा रहेको ति संचालनको लागी निर्वाचित सांसदहरुले सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा वोल्दै युवा नेता अजय थापा,महिला अधिकारकर्मी मिना परियार,सन्तोषी पाण्डे,समाजसेवी क्षेत्र वहादुर खत्री,इलाका प्रशासन चन्द्रौटाका प्रमुख जगदिश अर्याल,मानव अधिकार प्रष्ठिानका सभापती विष्णु प्रसाद खतीवडा लगाएतले युवा र महिलालाई व्यापारमा अग्रसर वनाउनु पर्ने भन्दै सफलताको कामना गरे । 

व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलको अध्यक्षता, प्रदेश सभा सदस्य अर्जुन केसीको विशिष्ट आतिथ्यता ,शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी,विजयनगर गाउपालिकाका प्रमुख गोपाल थापा लगाएतको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल