२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

व्यापार संघ कपिलवस्तुको दोस्रो साधारण सभा सम्पन्न

२०७४, ११ माघ बिहीबार ११:०१

माधब बेल्वासे/माघ ११, कपिलवस्तु । व्यापार संघ कपिलवस्तुको दोस्रो साधारण सभा सम्पन्न भएको छ ।

जिल्लाको चन्द्रौटामा भएको सभामा वोल्ने वक्ताहरुले व्यापारीहरुलाई एकजुट गरेर हक अधिकार स्थापितमा लागेकोमा धन्यवाद दिए । व्यावसाय तथा उद्योग संचालन गर्दा धेरै समस्याहरु आइपर्ने भएकोले त्यसलाई अन्त्यको लागी व्यापार संघ लागी परेको वताए । 

कार्यक्रममा प्रमुख अतिथिको आसनवाट वोल्दै प्रदेश सभा सदस्य अर्जुन केसीले समग्र जिल्लाको व्यापारीहरुको हक हितको लागी व्यापार संघले काम गरेको वताए । पहिले साना साना छुपुडि वाट व्यापार गरेको भएपनि अहिले ति व्यावसाय फ्स्टाएर ठुला उद्योगहरु संचालन भइरहेको वताए । 

केसीले व्यापारीको हक अधिकार र संरक्षणको लागी आफुले सक्दो प्रयास र सहयोग गर्ने आश्वासन दिए । व्यापारीक प्रयोजनको लागी  काम गर्ने सस्था भएतापनि विगतको वर्षमा महोत्सव संचालन गरेर सर्पदंशा उपचारको लागी सहयोग गरेको भन्दै संघको प्रशंसा गरे ।


त्यस्तै कार्यक्रमा वोल्दै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले देश अव आर्थिक अन्नती तर्फ लागेको वताए ।नगरलाई आफुले एक औधोगिक करिडोर वनाउने लक्ष्य रहेकोले त्यसको लागी सफल बनाउन व्यापार संघको सहयोग आवश्यक रहेको वताए । नगरलाई समृद्ध बनाउन व्यापारी नै अग्रसर भएर लाग्नुपर्नेमा जोड दिए ।विगतको समयमा  व्यावसाय तथा उद्योग दर्ता गर्न निकै कठिनाइ रहेको गुनासो आएपनि अव त्यो समस्या समाधान भएको वताए । अधिकारीले भने – “नियम अनुसार कागजात लिएरआउनुस दर्ताको लागी समय लाग्दैन”।

त्यस्तै कार्यक्रमा वोल्दै चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमसेर अलिले व्यापारीहरु समंरक्षणको काम गर्ने उद्योग वाणिज्य र व्यापार संघ रहेकोले सरकारले उद्योग संचालन गर्ने विधिलाई सहज वनाउनुपर्ने माग राखे ।यस क्षेत्रमा ७ वटा ठुला उद्योगहरु संचालनको तयारीमा रहेको ति संचालनको लागी निर्वाचित सांसदहरुले सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा वोल्दै युवा नेता अजय थापा,महिला अधिकारकर्मी मिना परियार,सन्तोषी पाण्डे,समाजसेवी क्षेत्र वहादुर खत्री,इलाका प्रशासन चन्द्रौटाका प्रमुख जगदिश अर्याल,मानव अधिकार प्रष्ठिानका सभापती विष्णु प्रसाद खतीवडा लगाएतले युवा र महिलालाई व्यापारमा अग्रसर वनाउनु पर्ने भन्दै सफलताको कामना गरे । 

व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलको अध्यक्षता, प्रदेश सभा सदस्य अर्जुन केसीको विशिष्ट आतिथ्यता ,शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी,विजयनगर गाउपालिकाका प्रमुख गोपाल थापा लगाएतको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ