३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रमुख भन्सार नाकामा छ मनिनामै ३२ गुणा व्यापार घाटा

१२ माघ २०७४, शुक्रबार ०८:३१

 माघ १२, पर्सा | देशकै प्रमुख भन्सार नाका वीरगञ्जको  भन्सार व्यापार घाटा चालू आर्थिक वर्षको छ महिनामा ३२ गुणा पुगेको छ । 

गत आवको पहिलो छ महिनामा वीरगञ्ज नाकाको व्यापार घाटा १९ गणा रहेकामा चालू आवमा व्यापार घाटा ३२ गुणा पुगेको हो । 

आव २०७४÷७५ को साउनदेखि पुससम्म रु एक खर्ब ८८ अर्ब १२ करोड ९४ लाख मूल्यको विभिन्न वस्तु आयात भएको थियो । सो नाका भएर रु पाँच अर्ब ७२ करोड ९६ लाखको वस्तु निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयका भन्सार प्रमुख सेवन्तक पोखरेलले जानकारी दिनुभयो । 

आयात निर्यातलाई तुलना गर्र्दा चालू आवको छ महिनामा वीरगञ्ज नाकाको व्यापार घाटा रु एक खर्ब ८२ अर्ब ३९ करोड ९७ लाख पुगेको उहाँले बताउनुभयो । नेपालबाट भारत तथा तेस्रो मुलुकतर्फ हुने निर्यात दिनानुदिन घट्दै गएको र आयात बढ्दै गएका कारण वीरगञ्ज नाकाको व्यापार घाटा बढ्दै गएको हो । 

नेपालमा उत्पादन भएका वस्तु विश्व बजारमा प्रतिष्पर्धा गर्न नसकेका कारण वीरगञ्ज नाकाबाट भारत तथा तेस्रो मुलुकका लागि हुने निर्यात घट्दै गएको छ भने नेपाली बजारको माग बढ्दै गएकाले सो नाकाबाट आयात दिनानुदिन बढ्दै गएको भन्सार प्रमुख पोखरेलले बताउनुभयो । 

गत आवको तुलनामा चालू आवको पहिलो छ महिनामा रु एक अर्ब ९१ करोड १२ लाख बराबरको वस्तुको निर्यातमा कमी आएको भन्सारले जनाएको छ । आव २०७३÷७४ को पहिलो छ महिनामा वीरगञ्ज नाकाबाट रु सात अर्ब ६४ करोड आठ लाखको विभिन्न वस्तु निर्यात भएको तुलनामा चालू आवको सोही अवधिमा रु पाँच अर्ब ७२ करोड ९६ लाखको वस्तु निर्यात भएको भन्सार प्रमुख पोखरेलले जानकारी दिनुभयो । 

नेपालबाट भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुमा जुस, जाम, आयुर्वेदिक औषधि, अन्य रेसाको कपडा, दन्तमञ्जन, फलामे पाइपलगायत रहेका छन् । आयात गरिने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ, वाहन, खाद्यान्नलगायत रहेका छन् । नेपालबाट भारत तथा तेस्रो मुलुकका लागि करिब १५० प्रकारका वस्तु निर्यात हुने गरेका छन् भने भारत तथा तेस्रो मुलुकबाट वीरगञ्ज नाका प्रयोग गरी तीन हजारभन्दा बढी प्रकारका वस्तु आयात हुने गरेको भन्सार कार्यालयले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’