२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रथम बुद्धभूमी महोत्सव कपिलवस्तुमा सुरु

२०७४, १२ माघ शुक्रबार १४:४७

माधव बेल्वासे/माघ १२, कपिलवस्तु । कपिलवस्तु बुद्धभूमी नगरपालिका इमिलियामा प्रथम वुद्धभुमी महोत्सव शुक्रवार देखी सुरु भएको छ । 

महोत्सवको उदघाटन गर्दै कपिलवस्तु प्रतिनिधि सभा १ का सांसद चक्रपाणि खनाल बलदेवले कपिलवस्तु जिल्ला एक एतिहासिक र पर्यटकीय क्षेत्र रहेको वताए ।


गौतम वुद्धको जनस्थल रहेको जिल्लामा रहेका पर्यटकीय स्थलहरु को प्रचार प्रसार नहुदा आझेलमा परेको वताए । जिल्लामा खेती योग्य जमीन धेरै भएपनि सिचाईको अभावले कृषकहरु मर्कामा परेको वताए । 

जिल्लाका सम्पुर्ण समस्याहरुलाई आफुले नजिकवाटै हेरेको र आफले चुनावको वेला गरेका प्रतिवद्धता जसरी भएपनि पुरा गर्ने प्रतिवद्धता जनाए । पछिल्लो समयमा मेला महोत्सवले पनि स्थानिय कृषि उपज,व्यापार व्यावसाय मा विकाश, पर्यटकीय स्थलको प्रवद्धन गरिरहेको सन्दर्भमा कपिलवस्तुको वुद्धभुमी स्थानमा पहिलो पटक महोत्सव लगाउने जर्मक गरेकोमा आयोजकलाई धन्यवाद दिए ।

सांसद बलदेवले कपिलवस्तु जिल्लाको विकाशको लागी आफुले नया योजना ल्याउने तयारीमा रहेको वताए ।जिल्लाका सम्पुर्ण स्थानमा स्थलगत अनुगमन गरेकोले कहा के आवश्यता छ त्यहिअनुरुप विकाशको गतीलाई तिव्रता दिने जिल्ला वासीलाई आश्वासन दिए ।

त्यस्तै कार्यक्रममा वोल्दै वुद्धभूमी नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले नगर क्षेत्रको पर्यटकीय विकास, व्यवसायको वृद्धि तथा कृषि उपजहरुको बजारीकरणका लागि महोत्सव गरेको वताए । लामो समय देखि सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको जनआर्दश सामाजिक केन्द्रले यसको अगुवाई गरेकोमा धन्यवाद दिए ।

मेयर श्रेष्ठले बुद्धभूमी क्षेत्रको समग्र आर्थिक,सामाजिक, पर्यटकीय तथा सांस्कृतिक विकासको लागि महोत्सव ले टेवा पुर्याउने वताए ।

महोत्सवमा स्थानीय उत्पादन, कला संस्कृति, पर्यटन प्रर्बद्धन, आधुनिक कृषि प्रविधीको प्रस्तुती, अटोमोबाइल्सको प्रर्दशनी, साना उद्यम तथा हस्तकला प्रर्दशनी गरिएको छ । 

महोत्सवमा १ सय ५० स्टल रहने छन् भने रमाइलोका लागि विभिन्न खेल, डान्स आइडियल तथा  राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सव माघ २१ गते सम्म चल्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते