२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गौर भन्सारको लक्ष्यभन्दा राजश्व कमी

२०७४, १५ माघ सोमबार ०३:१८

माघ १५, रौतहट । गौर भन्सारले लक्ष्यभन्दा धेरै कम राजश्व चुहावट गरेको छ । आव २०७४÷७५ का लागि वार्षिक १७ करोड ४४ लाख लक्ष्य लिएको गौर भन्सार कार्यालयले गत साउनदेखि पुस मसान्तसम्म अर्धवार्षिक तथ्यांकअनुसार रु पाँच करोड २२ लाख मात्र राजश्व संकलन गरेको छ । 

यस अवधिमा सात करोड ८० लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको भएपनि करिब दुई करोड ५८ लाख कम राजश्व संकलन भएको छ । यति धेरै कम राजश्व संकलन हुनुमा भन्सार कार्यालयका कर्मचारी नै दोषी देखिएको सरोकारवालाले बताएका छन् । 

जिल्लाको लक्ष्मीपुर बेलबिछुअवा, महादेबपट्टी र गौर भन्सारको मुख्य नाका, औरैया, बन्जहरा, रमपुर्वालगायतका नाकामा कार्यालयका कर्मचारीबाट नै आफ्नो एजेन्टमार्फत अवैध रकम असुली गर्दै तस्करलाई लाइन दिने गरेको उनीहरुको भनाइ छ । 

बंकुल छोटी भन्सारमा नायब सुब्बाको दरबन्दी भएपनि कार्यालय सहायक मात्रै राखेको कारण राजस्व उठ्न नसकेको बौदीमाई नगरपालिका–७ का वडाध्यक्ष विजय कुशहवाले बताउनुभयो । भन्सार नाकामा निम्न तहको कर्मचारी राखिँदा भन्सार असुलीमा समस्या आएको व्यापारी लक्ष्मी साहको पनि भनाइ छ । 

सीमा क्षेत्रबाट अवैध रुपमा स्पेयर पार्ट, कपडा, खाद्यान्न पदार्थ, रेडबुल, कुखुराको चल्ला, सिमेन्ट, खानेतेल, चिनी लगायतका सामान भित्रँदै आएका छन् । 

गत आवमा विभिन्न मधेशवादी दलको मधेश आन्दोलनको बाबजुद पनि तोकिएको लक्ष्यभन्दा २३ प्रतिशत बढी राजश्व संकलन भएको थियो । 

प्रमुख भन्सार अधिकृत राजनबाबु काफ्लेले तराईमा रहेको शीतलहर तथा भारतमा जिएचटी कर लालू गरिएको कारणले व्यापारीहरु आउन नसक्दा भन्सार बढ्न नसकेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो