४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चन्द्रौटा महोत्सव सुरु, कृषि पर्यटनको विकाशमा जोड

१७ माघ २०७४, बुधबार १५:५६

माधव बेल्वासे | माघ १७, कपिलवस्तु | कपिलवस्तुको चन्द्रौटा माघ १७ गते २८ गते सम्म हुन लागीरहेको चौथो चन्द्रौटा कृषि पर्यटन तथा औधोगीक व्यापार महोत्सव सुरु भएको छ । कृषि पर्यटन र औधोगीक विकास हाम्रो अभियान,आन्तरिक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने नारा सहित चन्द्रौटामा चौथो पटक मेला सरु भएको हो ।

चन्द्रौटा उधोग वाणिज्य संघको आयोजनामा भएको महोत्सवले यस क्षेत्रका धार्मीक एव प्रर्यटकीय क्षेत्रको प्रचार प्रसार र प्रर्वद्धनमा सहयोग पुग्ने संघका अध्यक्ष अलीले वताए । यसपालीको महोत्सवमा शिवगढी ,सोनोवागढ ,मयादेवी लगाएतका मन्दीर तथा एतिहासीक मस्जीदको नमुना निर्माण गरि प्रस्तुत गरिएको आयोजक सस्थाका अध्यक्ष जमसेर अलीले वताए ।

त्यस्तै कार्यक्रमा वोल्दै उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकालले मेला महोत्सवले उद्योगीक क्षेत्रको विकाश गर्ने वताए । नेपालमा मेला महोत्सव आयोजना गर्दा व्यापारीहरुको समृद्धी सगै कृर्षि तथा पर्यटन क्षेत्रको पनि प्रवद्धन भइरहेको वताए ।कपिलवस्तु जिल्ला एक पर्यटकिय जिल्ला रहेकोले यस कृषि तथा पर्यटकीय क्षेत्रको प्रवद्धन गर्न सकेमा मात्र यो क्षेत्रको विकाश हुने वताए । 

ढकाले राजनितिकको कारण उद्योगी तथा व्यावसायलाई ठुलो मार परेको वताए । राजनितिक अस्थिरताको कारण देशमा वन्द हडताल ले गर्दा व्यावासय तथा व्यापारिहरु संकटमा परेको जोड दिए ।कृषिलाई व्यावसायिकरण कृषिजन्य वस्तुको माध्यमवाट नेपालीहरुलाई रोजगारीको सिर्जना गरी आर्थिक क्रन्तीमा लाग्नुपर्ने वताए ।प्रदेश सभा सदस्य अर्जुन केसीले महोत्सव एक रमाइलो मात्र नरहेकोले यस महोत्सवमा कृषि तथा पर्यटनलाई प्रथमिकता दिएकोमा धन्यवाद दिए ।कृषिलाई आधुनिकीकरण गरी रोजगारीको सृजना गर्न सकेमा युवालाई वैदेशिक जानवाट रोक्न सकिने दावी गरे । 


महोत्सवमा कृषिजन्य पर्दार्थ, पर्यटकीय स्थलहरुको प्रचार प्रसार वुद्ध परिपथ , स्थानीय उत्पादनको प्रर्दशनी , राष्टिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहने मुल आयोजक समितिका संयोजक जमसेर अली मियाले वताए । महोत्सवमा यसवर्ष आंखाको आंखी भौवाट दुई ओटा सम्म कुर्ची उचाल्ने , शरीर माथी गाडी चढाउने , कपालले गाडी तान्ने लगाएतका कला भएका व्यक्तिको कलाकारीता हेर्नै वसर पनि मिल्ने आयोजकको भनाई रहेको छ । मेलामा २४० वटा स्टलहरु राखिएको आयोजकले जनाएको छ । महोत्सवमा १० करोडको कारोवार हुने र १ लाख भन्दा वढी दर्शकहरुले अवलोक गर्ने विश्वास रहेको आयोजक सस्थाका अध्यक्ष अलिले वताए ।

महोत्सवलाई सव्य भव्य रुपमा सम्पन्न गराउनको लागी विभिन्न समिति उपसमिति गठन गरी मेला अवधि भर ति समितिले पुर्ण रुपमा आफ्नो जिम्मेवारलाई पुरा गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’