२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिँचाइका लागि स्यालो ट्युबवेल र डिप ट्युबवेल जडान

१८ माघ २०७४, बिहीबार ०७:५०

माघ १८, लहान | सिरहा, सप्तरी र उदयपुरका किसानलाई लक्षित गरी भूमिगत जलस्रोत विकास समिति लहानले दुई हजार ३९ स्यालो ट्युबवेल तथा १२ थान डिप ट्युबवेल जडान गरेको छ । 

सिँचाइ सुविधा पुर्याएर कृषिजन्य वस्तुको उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले आथिक वर्ष २०७३÷७४ मा सिरहामा ९५०, सप्तरीमा ९५५ र उदयपुरमा १३४ थान स्यालो ट्युबवेल जडान गरिएको भूमिगत जलस्रोत विकास समिति लहानका प्रमुख कामेश्वर यादवले जानकारी दिनुभयो । 

आव २०७३÷७४ मा सिरहाको भदैया अमही, धनगढीमाई नगरपालिका र सन्हैठामा गरी तीन थान, सप्तरीको हरिहरपुर १, ३ र ७ तथा सप्तरीकै सिस्वा धनगढी, शम्भुनाथ नगरपालिका, कञ्चनरुप नगरपालिका–२ बरमझिया, सीतापुरमा सात थान र उदयपुरको रामपुर ठोक्सिला, त्रियुगा नगरपालिका–९ श्रीपुरमा गरी दुई थान डिप ट्युबवेल जडान गरिएको छ । 

सिरहामा जडान गरिएको स्यालो ट्युबवेलबाट करिब दुई हजार बिघामा, सप्तरीमा दुई हजार ७०० तथा उदयपुरमा एक हजार बिघा जग्गामा सिँचाइ सुविधा पुगेको यादवले बताउनुभयो । आव २०७३÷७४ मा सिरहामा २३ थान, सप्तरीमा २२ थान र उदयपुरमा ३ थान पावर ड्रिल÷इनार निर्माण गरिएको छ । सिरहामा छ वटा र सप्तरीमा १० वटा सिँचाइ इनार निर्माण गरिएको यादवले बताउनुभयो । 

समृद्ध तराई मधेश सिँचाइ विशेष कार्यक्रमअन्तर्गत चालू आव २०७४÷७५ मा सिरहामा सात वटा, सप्तरीमा ११ र उदयपुरमा एकवटा डिप ट्युबवेल जडान गरिनेछ । भूमिगत जलस्रोत विकास समितिले विभिन्न कृषक समूहमा आबद्ध किसानको मागअनुसार स्यालो ट्युबवेल निःशुल्क रुपमा वितरण गर्दै आएको छ भने पम्पसेट ५० प्रतिशत अनुदानमा वितरण गर्दैआएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गेस्टहाउसमा लगी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर रास्वपाका शीर्ष नेता कास्कीमा रविविरुद्धको मुद्दा: रविविरुद्धको मुद्दा: आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा विश्वको शक्तिशाली पासपोर्टको सूची सार्वजनिक: सिगापुर विश्वमै शक्तिशाली, नेपाल कति औं स्थानमा? (सुचिसहित) मोरङमा द्वन्द्वकालकै समयमा लुकाइएको ४ वटा सिलिण्डर बम फेला कमिसन खान दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजे : माधव नेपाल शहिदहरुले बगाएको रगतमा सरकार चलाउनेहरु भष्ट्राचारको खेती गर्दैछन् : नेता रावल धादिङको आदमघाटमा हाइस र ट्रक ठोकिँदा १३ जना घाइते, तीनजनाको अवस्था गम्भीर कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा मधेशमाथि पुलिसको इनिङ्सको जित धादिङको आदमघाटमा हाइस र ट्रक ठोक्किए, थप विवरण आउन बाँकी दुई छोरीहरूको हत्या गरेकी पूर्णिमाले भनिन्, ‘श्रीमानले किचकिच गर्थे, त्यसैले हत्या गरेँ’ क्यानडामा गाडीको ठक्करबाट नेपाली युवकको मृत्यु मलेसियामा १२ सय नेपाली कामदार लान लागेको फेल्डा प्लान्टेसनको अन्तर्वार्ता रद्ध न्यायाधीशसमक्ष रविले भने– तारेखमा छाडिदिनुहोस्, हरेकपटक पीडितको रिपोर्ट बोकेर आउँछु बलात्कार आरोपमा एमाले काठमाडौं जिल्ला सदस्य पूर्णमान लामा पक्राउ पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी : ओली अलि बढी ‘खुला र प्रष्ट’, प्रचण्ड सदा झैँ कुटील र ‘छद्‍म’ विराटनगरको एक होटलमा भारतीय नागरिक मृत अवस्थामा फेला साइड नदिएको भन्दै यात्रुवाहक जिप तोडफोड, ९ जना पक्राउ