२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नगरपालिका विकास योजना सार्वजनिक

२०७४, १८ माघ बिहीबार ०९:३१

माघ १८, नेपालगञ्ज | नेपालगञ्ज उपमहानगरपालिकाले हाल सञ्चालन गरिरहेको ४२ बुँदे विकास योजनाको खाका आज यहाँ सार्वजनिक गरेको छ । 

सो नगरपालिकाले प्रस्तुत गरेको योजनामा सडक विस्तार, करिब ८० किलोमिटर सडकको कालोपत्र, ढलनिकास, फोहरमैला व्यवस्थापन, ल्याण्डफिल्ड साइड र आधुनिक बसपार्कको निर्माण, फुटपाथ व्यवस्थापन, तालतलैया मर्मत सम्भार, सामाजिक विकास कार्यक्रमलगायत रहेका छन् । 

नगरका कूल २३ वडाका लागि करिब रु १८ करोडको बजेट विनियोजनभित्र समेटिएको नगर प्रमुख धवलशम्शेर राणाले जानकारी गराउनुभयो । 

त्यसैगरी, नगरको साँघुरो कान्जीहाउसको सट्टा ठूलो कान्जी हाउस र गौशाला निर्माण, छाडा चौपाया नियन्त्रण ट्राफिक व्यवस्थापनलगायतका कार्यक्रम पनि योजनामा राखिएको छ । 

यसैबीच, नगरपालिकामा बुधबारदेखि टोल फ्रि कक्ष स्थापना गरिएको छ । नागरिकका गुनासा र सेवा, सुविधाका विषयमा जानकारी लिने उद्देश्यले स्थापना गरिएको पैसा नलाग्ने टोल फ्रि नम्बर १६६०–८१–५२०५२ नम्बरमा फोन गरेर गुनासो र नगरपालिकाद्वारा सञ्चालित सेवाका बारेमा जानकारी लिन सकिने छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते