४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोरखामा २८१ विद्यालय पुनःनिर्माण

१८ माघ २०७४, बिहीबार ०९:४२

माघ १८, गोरखा | भूकम्पले भत्केका गोरखाका ४४२ वटा विद्यालय भवनमध्ये २८१ वटा पुनःनिर्माण भएका छन् । भवन निर्माण भएपछि टहरोमा बसेर पठनपाठन गर्नुपर्ने बाध्यता हटेको छ । 

एघार स्थानीय तहमध्ये गोरखा नगरपालिकामा धेरै विद्यालय भवन पुनःनिर्माण भएको शिक्षा कार्यालयले जनाएको छ । गोरखा नपामा ४० वटा र गण्डकी गाउँपालिकामा ३७ वटा भवन निर्माण भएका छन् । 

भीमसेन थापा गाउँपालिकामा ३६, पालुङटार नपामा ३०, आरुघाट गापामा १८, अजिरकोट गापामा १९, चुमनुब्री गापामा १३, सिरानचोक गापामा २७, बारपाक सुलिकोट गापामा २४ वटा, धार्चे गापामा ७, शहीदलखन गापामा २४ वटा विद्यालय बनेका हुन् । 

भूकम्पले भत्केका १६१ विद्यालय पुनःनिर्माण गर्न बाँकी छ । जिशिअ दीपेन्द्र सुवेदीले आर्थिक स्रोत अभावले धमाधम विद्यालय पुनःनिर्माण गर्न नसकिएको बताउनुभयो । “आधारभूत तहका विद्यालय भवन पुनःनिर्माणमा स्रोत अभाव छ” सुवेदीले भन्नुभयो । 

आउँदो वर्षभित्र सबै विद्यालय भवन पुनःनिर्माण गरिसक्ने जिशिकाको तयारी छ । बजेट माग गरिएको बताउँदै सुवेदीले सरकारी तथा गैरसरकारी संघसंस्थाको सहयोगमा विद्यालय भवन पुनःनिर्माण गरिने बताउनुभयो । पुनःनिर्माण सकेका विद्यालय भवन भूकम्प प्रतिरोधी छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’