३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शिक्षकलाई नगरपालिकाले तलब वितरण गर्न थाल्यो

२० माघ २०७४, शनिबार ०५:२८

माघ २०, काठमाडौँ । ललितपुरस्थित महालक्ष्मी नगरपालिकाले शिक्षकको तलब आफैँ वितरण गर्न थालेको छ । 

संविधानको अनुसूची ८ बमोजिम स्थानीय तहको शिक्षाको अधिकार कार्यान्वयन गर्दै नगरपालिकाले आफ्ना नगरक्षेत्रका शिक्षकको तलब वितरण गर्न थालेको नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार नगरपालिकामा शिक्षा विभाग गठन गरेसँगै मंसिरदेखि नै नगरभित्रका सबै सामुदायिक विद्यालयका शिक्षकको तलब वितरण गर्न थालिएको हो । 

विभागका प्रमुख उपसचिव मित्रप्रसाद काफ्लेले नगरक्षेत्रभित्रका १५ विद्यालयका १०२ शिक्षकलाई तलब नगरपालिकामार्फत वितरण गर्न थालिएको बताउनुभयो । 

चौमासिक रुपमा तलब पाउँदै आएका शिक्षकलाई नगरपालिकाले अब मासिक रुपमा दिइरहेको छ । “हामीले चौमासिक रुपमा दिँदै आएको तलबलाई मासिक रुपमा दिन थालेका छाँै”, उहाँले भन्नुभयो, “शिक्षक पनि मासिक रुपमा पाउने भएपछि खुशी भएका छन् ।” 

नगरपालिकाले सम्बन्धित शिक्षकको व्यक्तिगत खातामा तलब पठाउने गरेको महेन्द्रग्राम मावि टीकाथलीका प्रअ भरतबहादुर खनालले बताउनुभयो । यसैबीच नगरपालिकाले कक्षा ८ को परीक्षाको तयारी गरेको छ । 

मन्त्रालयले कक्षा ८ को परीक्षा नगरस्तरमा गर्ने भनेपछि तयारी गरिएको उपसचिव काफ्लेले बताउनुभयो । उहाँका अनुसार परीक्षा सञ्चालनका लागि परीक्षा सञ्चालन, व्यवस्थापन र नियमन कार्यविधि २०७४ तयार पारिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’