४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नुवाकोटका विस्थापित परिवारलाई एकीकृत बस्तीमा पुनःस्थापना

२० माघ २०७४, शनिबार ०५:३५

माघ २०, नुवाकोट । भूकम्पसँगै गएको सुक्खा पहिराले विस्थापित परिवारलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जग्गा उपलब्ध गराएर पुनःस्थापनाका लागि एकीकृत बस्ती निर्माणको काम शुरु गरेको छ । 

भौगर्भिक तथ्यांकअनुसार विभिन्न बस्तीबाट विस्थापितमध्ये दुई स्थानका ६५ परिवारलाई प्राधिकरणले जग्गा खरिद गरी एकीकृत बस्तीको निर्माण प्रक्रिया अघि बढाएको छ । 

तादी गाउँपालिका–१ उर्लेनीबाट विस्थापित ७२ परिवारमध्ये ५१ र सूर्यगढी गाउँपालिका–१ लच्याङका १४ परिवारका लागि सुरक्षित स्थानमा जग्गा खरिद गरी हस्तान्तरण गरिएको छ । 

उर्लेनीबाट विस्थापितलाई तादी–३ खरानीटारमा जग्गा गरिद गरी एकीकृत बस्ती निर्माण शुरु गरिएको प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका निमित्त प्रमुख वेदप्रसाद गौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार लच्याङबाट विस्थापितलाई सूर्यगढी–४ हल्देकालिकामा जग्गा खरिद गरी तिनका नाममा जग्गाधनी प्रमाणपत्र पुर्जा (लालपुर्जा) प्रदान गरिएको छ । 

वितरण गरिएको प्रमाणपत्र संयुक्त (श्रीमान्–श्रीमती दुवैका नाममा) छ । “खरानीटारमा पुनःस्थापना गरिएको परिवारका लागि एकीकृत बस्ती निर्माणका लागि अक्सफामसँग सम्झौता गरी जग्गा सम्याउने काम अघि बढाउन लगाएका छौँ”, गौडेलले भन्नुभयो, “हल्देकालिकामा पुनःस्थापना गर्न लागिएका परिवारलाई प्राधिकरण आफैँले सहयोग पु¥याउने निर्णय भएको छ ।” 

‘राष्ट्रिय पुनर्निर्माण कार्यविधि २०७२’ मा १० भन्दा बढी लाभग्राही घर परिवारले एकै स्थानमा आवास निर्माण गर्न चाहेमा प्रतिपरिवार रु चार लाखसम्म लगानी गरिने प्रावधान छ । 

एकीकृत बस्तीका लागि सडक, विद्युत्, खानेपानी, विद्यालय, खेल मैदानलगायत पूर्वाधार विकास सरकारी पहलमा हुने व्यवस्था छ । 

पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार भूकम्प र त्यसपछिको पहिराले बस्ती जोखिममा पु¥याएकाले जिल्लाका उर्लेनी, घ्याङ्फेदी, लच्याङ, महाकाली, किम्ताङ र साल्मेका ३२१ परिवार पुनःस्थापना गर्नुपर्ने देखिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’