२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाल्पामा जनश्रमदानबाट स्वास्थ्य एकाइ भवन निर्माण

२०७४, २३ माघ मंगलवार ०४:४८

माघ २३, पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–१ सिलुवामा स्थानीयको जनश्रमदानमा सामुदायिक स्वास्थ्य एकाइ भवन निर्माण गरिएको छ । 

शिक्षा, स्वास्थ्यलगायतका विविध सेवा सुविधाबाट टाढा रहेको यस क्षेत्रमा यहाँका स्थानीयवासीको जनश्रमदानमा स्वास्थ्य एकाइ भवन निर्माण भएको छ । एकतले तीन कोठासहितको भवन निर्माण गरिएको हो । 

स्थानीयवासीको रु पाँच लाख ५० हजार जनश्रमदान, साविक सिलुवा गाउँ विकास समितिको रु तीन लाख ५० हजार र पूर्वखोला गाउँपालिका वडा नं १ को रु ५० हजार गरी जम्मा रु नौ लाख २८ हजारको लागतमा भवन निर्माण सम्पन्न भएको हो । 

यस सामुदायिक स्वास्थ्य एकाइमा हाल एकजना अहेब, एकजना अनमी र एकजना कार्यालय सहयोगीले सेवा दिँदै आएका छन् । यहाँका स्थानीय चेतन जर्घा र कृष्ण नेपालीले भवन निर्माणका लागि जग्गा सहयोग गर्नुभएको थियो । 

नयाँ भवन निर्माण भएसँगै सेवासुविधा थप हुने स्थानीयवासीले आशा व्यक्त गरेको जग्गादाता कृष्ण नेपालीले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते