२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एनआरएन बेल्जियमद्वारा रौतहटका शितलहर पिडितलाई आर्थिक सहयोग

२०७४, २५ माघ बिहीबार १२:०६

अभिमनु कुमार पटेल/माघ २५, रौतहट । नेपालमा शितलहरबाट पीडित तराईवासी नेपालीहरुलाई गैरआवासिय नेपाली संघ बेल्जीयमले झण्डै २ लाख नगद आर्थिक सहयोग गरेको छ ।

एनआरएन बेल्जीयमको आव्हानमा बेल्जियममा रहेका नेपाली संघ संस्था तथा व्यक्तिहरुबाट संकलन गरिएको रकम सहयोगका लागि नेपाल पठाइसकिएको एनआरएन बेल्जीयमका अध्यक्ष लोक प्रसाद दाहालले जानकारी दिनु भएको छ ।

अध्यक्ष दाहालका अनुसार संकलन भएको १ हजार ६ सय १२ युरो रकम ७ फरवरी २०१८ बुधबारका दिन रौतहटका स्थानिय एवम रिपोर्टस क्लब नेपालका अध्यक्ष अभिमन्यु पटेलको प्रभु बैंकमा रहेको खातामा पठाईएको हो । खातामा पठाइएको रकम सम्बन्धित पीडितहरु समक्ष पुर्याउने अध्यक्ष दाहालले बताउनु भयो ।

उहाँले संकलन भएको रकम र सहयोग गर्नुहुने सबै दाताहरुको नामावली समेत सार्वजनीक गर्दै विज्ञप्तिमार्फत धन्यवाद दिनुभएको छ । संस्थाका अध्यक्ष लोक दाहाल, प्रवक्ता दीपेन्द्र के.सी. र महासचिव आडमाया लामाद्धारा हस्ताक्षरीत विज्ञप्तिमा सहयोग गर्ने सबै संघ संस्था र महानुभावहरुमा धन्यवाद दिइएको छ ।

त्यसैगरी विज्ञप्तिमा जनवरी २९ देखि शीतलहर सम्बन्धी आर्थिक सँकलन अभियान बन्द गरिएको जानकारी पनि गराइएको छ ।

शितलहर पिडितलाई सहयोग जुटाउन कार्यमा विषेश भुमिका निर्वाह गर्ने हाम्रो क्लब बेल्जियमका अध्यक्ष रमेश कंडेललाई रिपोर्टर्स क्लब नेपाल रौतहटका अध्यक्ष पटेलले विषेश अभार व्यक्त गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते