४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एनआरएन बेल्जियमद्वारा रौतहटका शितलहर पिडितलाई आर्थिक सहयोग

२५ माघ २०७४, बिहीबार १२:०६

अभिमनु कुमार पटेल/माघ २५, रौतहट । नेपालमा शितलहरबाट पीडित तराईवासी नेपालीहरुलाई गैरआवासिय नेपाली संघ बेल्जीयमले झण्डै २ लाख नगद आर्थिक सहयोग गरेको छ ।

एनआरएन बेल्जीयमको आव्हानमा बेल्जियममा रहेका नेपाली संघ संस्था तथा व्यक्तिहरुबाट संकलन गरिएको रकम सहयोगका लागि नेपाल पठाइसकिएको एनआरएन बेल्जीयमका अध्यक्ष लोक प्रसाद दाहालले जानकारी दिनु भएको छ ।

अध्यक्ष दाहालका अनुसार संकलन भएको १ हजार ६ सय १२ युरो रकम ७ फरवरी २०१८ बुधबारका दिन रौतहटका स्थानिय एवम रिपोर्टस क्लब नेपालका अध्यक्ष अभिमन्यु पटेलको प्रभु बैंकमा रहेको खातामा पठाईएको हो । खातामा पठाइएको रकम सम्बन्धित पीडितहरु समक्ष पुर्याउने अध्यक्ष दाहालले बताउनु भयो ।

उहाँले संकलन भएको रकम र सहयोग गर्नुहुने सबै दाताहरुको नामावली समेत सार्वजनीक गर्दै विज्ञप्तिमार्फत धन्यवाद दिनुभएको छ । संस्थाका अध्यक्ष लोक दाहाल, प्रवक्ता दीपेन्द्र के.सी. र महासचिव आडमाया लामाद्धारा हस्ताक्षरीत विज्ञप्तिमा सहयोग गर्ने सबै संघ संस्था र महानुभावहरुमा धन्यवाद दिइएको छ ।

त्यसैगरी विज्ञप्तिमा जनवरी २९ देखि शीतलहर सम्बन्धी आर्थिक सँकलन अभियान बन्द गरिएको जानकारी पनि गराइएको छ ।

शितलहर पिडितलाई सहयोग जुटाउन कार्यमा विषेश भुमिका निर्वाह गर्ने हाम्रो क्लब बेल्जियमका अध्यक्ष रमेश कंडेललाई रिपोर्टर्स क्लब नेपाल रौतहटका अध्यक्ष पटेलले विषेश अभार व्यक्त गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’