४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नुवाकोटका भत्केका स्वास्थ्य चौकीहरु युएनडिपीले बनाइदिने

२६ माघ २०७४, शुक्रबार ०३:५८

माघ २६, नुवाकोट | विनासकारी भूकम्पले क्षति पुगेका यहाँका स्वास्थ्य संस्थामध्ये कोरियाली सहयोग नियोग (कोइका)ले निर्माणको जिम्मा लिएर पनि नबनाएको भवन संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी)ले बनाउने भएको छ । 

जिल्लाका दश स्थानका स्वास्थ्य चौकी निर्माणको जिम्मा लिएको कोइकाले तोकिएको समयभित्र काम शुरु नगरेपछि युएनडिपीले निर्माण गर्ने भएको नुवाकोटका जनस्वास्थ्य अधिकृत राममणि घिमिरेले जानकारी दिनुभयो । 

जिल्लाको बेलकोट, ओखरपौवाको सिसडोल, रातमाटे, दुईपिपल, लिखु, पञ्चकन्या, थप्रेक, घ्याङफेदी, चारघरे र सूर्यमतीको स्वास्थ्य चौकी कोइकाले निर्माण गर्ने प्रतिबद्धता जनाए पनि जिम्मा लिएको एक वर्षसम्म काम नगरेपछि स्वास्थ्य मन्त्रालयले विकल्पमा युएनडिपीलाई निर्माण गर्न जिम्मेवारी दिएको हो । 

स्वास्थ्य कार्यालयका सूचना अधिकारी एवं जनस्वास्थ्य अधिकृत घिमिरेका अनुसार एकवर्षअघि नेपालका लागि कोरियाली राजदूत आएर बेलकोटमा रहेको स्वास्थ्य चौकी निर्माणको शिलान्यास गरेपनि त्यसपछि अहिलेसम्म कामको प्रगति शून्य भएकाले भवन निर्माणको जिम्मेवारी परिवर्तन गरिएको हो । 

दश स्थानमध्ये दुईपिपल स्वास्थ्य चौकी निर्माणका लागि नेपाल सरकारबाट बजेट प्राप्त भएपछि बाँकी नौ स्थानका स्वास्थ्य चौकी निर्माण युएनडिपीमार्फत गराउन लागिएको छ । उक्त स्वास्थ्य चौकीको सेमी–पर्मानेन्ट भवन गएको जेठ १५ गतेभित्रै निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने सम्झौता भएको थियो । – रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’