2026-07-25 01:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बुटवल पावरद्वारा एफपिओ बिक्रीको म्याद थप

माघ २६, काठमाडौँ | बुटवल पावर कम्पनीले आह्वान गरेको थप निष्काशन (एफपिओ)मा मागअनुसारको आवेदन नपरेपछि संस्थागत लगानीकर्ताले पनि शेयर खरिद गर्न पाउने व्यवस्था गरिएको छ । 

सो कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले सबै शेयर बिक्री नभएकाले संस्थागत लगानीकर्तालाई शेयर दिने उल्लेख गरेको छ । कम्पनीले रु दुई अर्ब बराबरको एफपिओ जारी गरेकामा अझै रु ८० करोड बराबरको एफपिओ बिक्री भएको छैन । 

रु एक अर्ब २० करोड बराबरको मात्रै एफपिओ बिक्री भएपछि कम्पनीले संस्थागत रुपमा नै लगानी गर्न पाउने व्यवस्था गरिएको हो । कम्पनीले आज एक सूचनामार्फत संस्थागत लगानीकर्तालाई एफपिओ बिक्री गर्ने जानकारी दिएको हो । कम्पनीले यही माघ १५ गतेदेखि सर्वसाधारणका लागि भन्दै ४० लाख ८१ हजार कित्ता एफपिओ बिक्री खुल्ला गरेको थियो । 

कम्पनीले आफ्नो शेयर प्रतिकित्ता रु १०० मा रु ४०१ प्रिमियम मूल्य जोडेर प्रतिकित्ता रु ५०१ मा एफपिओ जारी गरेको हो । कम्पनीले साधारण शेयर (आइपिओ) बिक्री नगरी एफपिओ बिक्री गरेको भन्दै आलोचना भएको थियो । नेपाल धितोपत्र बोर्डले बुटवल पावर कम्पनीको एफपिओ कानून सम्मत् नै रहेको जनाएको थियो । 

हालसम्म निष्कासित सबै धितोपत्र खरिदका लागि आवेदन पर्न नआएकाले ‘धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४’ अनुसार आजदेखि संगठिन संस्था वा प्रचलित कानून बमोजिम स्थापना भएका संस्थाले समेत शेयर खरिद गर्न पाउने गरी बिक्री खुल्ला गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

सो कम्पनीको शेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल हो । क्यापिटलका अनुसार यही माघ २४ गतेसम्ममा जम्मा रु एक अर्ब २० करोड बराबरको मात्रै एफपिओ बिक्री भएको छ । 

उन्नति माइक्रो फाइनान्सको शेयर बाँडफाँड 

उन्नति माइक्रो फाइनान्सको साधारण शेयर (आइपिओ) आज बाँडफाँड भएको छ । शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले गोलाप्रथाबाट गरेको बाँडफाँडमा १५ हजार १५ आवेदकले न्यूनतम १० कित्ता शेयर पाएका छन् । 

साधारण शेयर माग गरेका दुई लाख ४६ हजार ८९४ जनामध्ये दुई हजार ४६७ आवेदन रद्द भएको छ । शेयर आवेदनमा प्रष्ट नभएको र हितग्राही खाता नम्बर स्पष्ट नभएका आवेदकको समेत आवेदन रद्द भएको हो । 

उन्नतिले एक लाख ६५ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो । जसमा आठ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोष र छ हजार ६०० कित्ता कर्मचारीलाई छुट्याएर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । भैरहवामा केन्द्रीय कार्यालय रहेको सो माइक्रो फाइनान्सले विभिन्न १० जिल्लामा सेवा दिइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय