गाँउपालीका केन्द्रमा अफिस सांचालनका लागी आव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

गाँउपालीका केन्द्रमा अफिस सांचालनका लागी आव"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गाँउपालीकाका सदरमुकाममै सम्पर्क कार्यालय

२०७४, २८ माघ आईतवार १५:५७

टेकेन्द्र बोहरा | माघ २८, बझाङ | तत्कालीन गाविस सचिवहरु लाई गाँउतिर नजाने गरेको जनगुनासो आउने बझाड जिल्लामा स्थानिय र्निबाचन भई सकेपछि पनि गाँउ पालीकाका कार्यालय समेत सदरमुकाम चैनपुरमै खोलीन थालेका छन् ।

गाँउपालीका केन्द्रमा अफिस सांचालनका लागी आवस्यक पुर्वाधार तथा उपकरण नभएको भन्दै बझाडका अधिकास गाँउपालीकाले सदरमुकाम चैनपुरमा सम्पर्क कार्यालय खोलीएर  कामकाज गर्न थालेका छन् । 

जिल्लाको दुर्गममा रहेका सुर्मा,  काँडा, मष्टा लगाएतका गाँउपालीकाले सदरमुकाम चैनपुरमै सम्पर्क कार्यालय खोलेर कार्यालय वाट हुने दैनिक प्रशासनिक कामहरु हुदै आएका छन् । 

सदरमुकाम चैनपुरको एक घरको कोठामा कार्यालय भाडामा लिएर बस्दै आएका सुर्मा गाँउपालीकाका प्रमुख नर बहादुर बोहराले गाँउपालीका केन्द्रमा विधुत , संचार ईमेल ईन्टरनेट सहित बैड्कको सेवा सुविधा नहुदाँ जनताको काम छिटो छरितो र कार्यालयको कामकाजका लागी चैनपुरमै सम्पर्क कार्यालय खोल्नु पर्ने बाध्यता रहेको वताउनुभएको छ ।

उनले भने योजना तथा कार्यक्रमका भुक्तानी चेकहरु साथै अन्य आवस्यक कागजपत्र फोटोकपी ईमेल गर्ने प्राय चैनपुर आउनु पर्ने भएकाले केहि समयका लागी बस्ने ठाँउ बनाएका छौ  । 

यस्तै ४ दिन हिडेर पुगिने काँडा गाँउपालीकाको पनि केहि कामकाज गर्न सहज का लागी जिल्ला सदरमुकाम चैनपुरमै सम्पर्क कोठा भाडामा लिएको छ ।

त्यस्तै मष्टा गाँउपालीकाको पनि चैनपुरको क्याम्पस जाने बाटोको घरमा भाडाको घर लिएर कार्यालयको कामकाज गरिदै आएको छ । राजनितिक पार्टीहरुले चुनावमा सिंहदरवारको सवै सेवा सुविधा र हक अधिकार गाँउघरमै भनेपनि हामी सेवा ग्राहीहरु लाई समस्या भएको मष्टा गाँउपालीकाका धन बहादुर धामीले वताए ।

 गाँउपालीकाले सेवा सुविधा नभएको भन्द्र सदरमुकाम चैनपुरमा सम्प्रर्क कार्यालय खोलेपनि स्थानियहरु भने सन्तुष्टि छैनन् । 

यि  गााउपालीका जस्तै अन्य गाँउपालीकाले पनि गााउमा बैड्क नभएकाले  छाप चेक झोलामा बोकेर सदरमुकामवाट सेवा गर्दै आएक छन् । 

सरकारले गाँउपालीका लाई धेरै हक अधिकार र सेवा सुविधा दिएको छ तर गाँउपालीका केन्द्रमा प्रहरी प्रशासन , यातायत संचार बैड्कहरु नहुदाँ गाँउपालीकाको सेवा प्रभावकारी नहुदाँ नयाँ संरचनाको आभाव गर्न सकेका छैनन् । 

सदरमुकाम चैनपुरमा रहेको जयपृथ्वी नगरपालीका सहित अन्य जिल्लाका बुंगल नगरपालीका लगाएत १० वटै गाँउपालीका लाई गाँउपालीका केन्द्रमा कार्यालयका काम गर्न समस्या रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते