२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङ, बुटवल र कोहलपुर क्षेत्रमा महानगरपालिका बनाउनुपर्ने

२८ माघ २०७४, आईतवार १६:१८

माघ २८, बुटवल (रासस) | नेकपा (एमाले)का उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले समग्र ५ नं प्रदेशलाई नै विकासको दृष्टिले समृद्ध नमूना प्रदेश बनाउने बताउनुभएको छ । 

उहाँले ५ नंं प्रदेशमा रहेका तीनवटा शहर बुटवल, दाङ, र कोहलपुर क्षेत्र आसपासका नगरपालिका तथा क्षेत्रहरु समेटेर तीनवटा महानगरपालिका बनाउने लक्ष्यका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । 

पश्चिम नेपाल बस व्यवसायी संघको २३ औँ वार्षिक साधारणसभा तथा ११ औँ अधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै नेता पौडेलले यसक्षेत्रमा संचालित विकासका परियोजनामा कुनै हेलचेक्रयाइँ नगर्न आग्रह गर्नुभयो । पूर्वाधार निर्माणमा स्रोतको कमी हुन नदिने भन्दै उहाँले निर्माण आयोजना समयमा नसक्ने र गुणस्तरमा हेलचेक्रयाइँ गर्ने निर्माण कम्पनीलाई कारबाही हुने चेतावनी दिनुभयो । 

उहाँले यातायात क्षेत्र सेवामूलक व्यवसाय भएकाले सर्वसाधारण यात्रुहरुलाई दिने सेवालाई पहिलो जिम्मेवारी सम्झन आग्रह गर्नुभयो । उहाँले धेरै समस्या र व्यवधानकाबीच यातायात क्षेत्र गुज्रिएकाले समस्या समाधानका लागि नीतिगत प्रबन्ध मिलाउनु जरुरी रहेको बताउनुभयो । 

सो अवसरमा नेपाली काँग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेल, संघका पूर्वअध्यक्ष सूर्यबहादुर भट्टराई, रुपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ, रुपन्देहीका उपाध्यक्ष निरु गौतमलगायतले यातायात व्यवसायलाई मर्यादित बनाउन व्यवसायीलाई सुझाव दिनुभयो । 

कार्यक्रममा संघमा आबद्ध व्यवसायीका छोराछोरीमध्ये लुम्बिनी अञ्चलका सबै जिल्लाबाट एसइई परीक्षा–२०७३ मा उत्कृष्ट हुने एकएक जना छात्रछात्रालाई जनही नगद रु १० हजार तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । 

त्यसैगरी, वर्षभरि अनुशासितरुपमा सवारी साधन सञ्चालन गर्ने र दुर्घटना नगर्ने सवारी चालकलाई पनि पुरस्कृत गरिएको थियो । यसैबीच, पश्चिम नेपाल बस व्यवसायी संघले समाचारको माध्यमबाट यातायात क्षेत्रको सुधार, विकास र प्रवद्र्धनका लागि महत्वपूर्ण योगदान गरेको भन्दै पत्रकार विष्णु घिमिरेलाई सम्मान गरेको छ । 

लामो समयदेखि बुटवललाई कार्यथलो बनाई पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकार घिमिरेलाई नगद रु १० हजारसहित सम्मानपत्रद्वारा सम्मान गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य