४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पलाता गाउँमा गाडि पुगेपछि खुशीयाली

५ फाल्गुन २०७४, शनिबार १७:३३

फागुन ५, कालीकोट । पलाता गाउँ पालिकाको घाटाचौरसम्म गाडि पुगे पछि स्थानीयले खुशीयाली मनाएका छन् । कर्णाली करिडोर अन्तर्गतको घाटाचौरसम्मको ३० किलोमिटर सडकमा गाडी गुडाउँदा स्थानीयले सडक निर्माणको जिम्मा लिएको नेपाली सेनाको सडक निर्माण कार्यदलका सेनानीलाई समेत भव्य स्वागत गरेका छन् । उक्त सडक खण्डमा शनिबारदेखि सानो बस सञ्चालन सुरु गरिएको छ ।

लामो समयदेखी निर्माण कार्य अन्यौलमा रहेको करिडोर नेपाली सेनाद्धारा निर्माण कार्य सुरुवात भएसँगै निर्माण कार्यले तीब्रता पाएको थियो । जुम्ला–सुर्खेत सडकखण्डको जितेबजारदेखी ३० किलोमिटर सडकमा गाडी अब नियमित यातायात सञ्चालन गरिने बताइएको छ । शनिबार कालीकोटका जिल्लाका प्रमूख जिल्ला अधिकारी चन्द्रनाथ गौतम, पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवाल, रास्कोट नगरपालिकाका मेयर काँशीचन्द्र बराल, गुल्मपति, कर्णाली करिडोर कार्यदलका सेनानी मिलन कार्की, निमित्त प्रहरी प्रमुख निरोज चौलागाईलगायतका अधिकारीहरुको उपस्थितीमा उक्त सडक खण्डमा यातायात सञ्चालन गरिएको हो ।

स्थानीय अधिकारीहरु र जनप्रतिनिधीहरुसहित टोली गाडि चढेर पहिलो पटक थिर्पुको घाटाचौर पुगेपछि स्थानीयले फुलमाला अविरले स्वागत गरेका छन् । पहिलो पटक थिर्पुको घाटाचौरमा गाडि पुगेपछि कर्णाली करिडोर कार्यदलका सेनानी मिलन कार्कीलाई नागरिकले अभिनन्दन गरेका छन् । ठेकेदारबाट सडक निर्माणको आशा मारिसकेको भन्दै स्थानीयले सेनाले सडक निर्माणको जिम्मा पाए पछि आफ्नो गाडि चढ्ने चाहाना पुरा भएको बताए ।

कालिकोट जिल्लामा सञ्चालनमा आएको रारा कर्णाली यातायातका गाडी र नेपाली सेनाको गाडीसहित ७ वटा गाडि शनिबार पहिलो पटक घाटाचौर पुर्याइएको हो । कर्णाली करिडोरको शान्निघाट र फुगाडा खोलामा बेलीव्रिज बनेपछि थिर्पुसम्मको सवारी यात्रा सहज भएको हो । कालीकोटको खुलालुदेखी बाजुरा, हुम्लाहुँदै चीनको सिमाना हिल्सा जोड्ने, नेपालकै उत्तर दक्षिण भारत र चीनलाई जोड्ने अन्तराष्ट्रिय महत्वको राजमार्ग कर्णाली करिडोरमा गाडीहरु गुड्दा कर्णालीकै विकासले गति पाउने आशा गरिएको छ ।

झण्डै १० बर्ष अगाडिदेखी सडक बिभागले काम थालेको कर्णाली करिडोरमा ठेकेदारमार्फत करिब २३ करोड बजेट खर्च गरे पनि अपेक्षित रुपमा कामले तीब्रता नपाँउदा स्थानीय नागरिकहरुले आन्दोलन गरी २०७१ साल चैत ५ गते नेपाल सरकारको मन्त्रीस्तरीय निर्णय भई चैत ९ गतेबाट निर्माण कार्यको सुरुवात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’