२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुगुमा सडक अबरुद्ध हुँदा व्यापारिक सामान बोकेका गाडी बाटोमै

२०७४, ६ फाल्गुन आईतवार १५:४०

फागुन ४, मुगु | माघको अन्तिम साता भएको भारी हिमपातका कारण गमगढी नाग्म सडक खण्ड अबरुद्ध हुँदा मुगु देखि सुर्खेत नेपालगञ्ज र सुर्खेत नेपालगञ्ज देखि मुगु आवत जावत गर्ने यात्रु वाहक तथा मालबाहक गाडीहरु विच बाटोमा नै रोकिएका छन ।

माघ २८ गते देखि फागुन एक गतेसम्म भएको लगातारको हिमपातले गमगढी नाग्म सडक खण्ड अन्र्तगत सिंजाको बोता मालिका, भुलभुले र मुगुको घुच्ची लेकमा सडक अवरुद्ध भए पछि दर्जनौ मालबाहक तथा यात्रु बाहक गाडी बिच बाटोमा नै रोकिएको मुगु उद्योग बाणिज्य संघका अध्यक्ष कमल बुढाले बताए । हिमपातले सडक यातायात अबरुद्ध भए पछि बजारमा कालो बजारी, महंगी तथा दैनिक उपभोग्य बस्तुको कृतिम अभाव हुन नदिन बाणिज्य संघ सजग रहेको बुढाले बताए ।

 हिमपातका कारण सडक अबरुद्ध हुँदा मालबाहक तथा यात्रु वाहक गाडी चल्न नसके पछि सडक डिभिजन कार्यालय जुम्लामा बुझ्दा हिउँले अबरुद्ध सडक खुलाउनका लागि डोजर चलाउने चालक नभएको र तत्काल चालकको व्यवस्था गरि बाटो खुलाउने तयारी भईरहेको जानकारी पाएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहन केसीले जानकारी दिए । डिभिजन कार्यालयको जेसिभी (डोजर) का चालक मुगुमा नै रहेकाले तत्काल जुम्ला पुगेर जेसीभी लिएर बाटो खुलाउन निर्देशन दिई सकिएको सडक डिभिजन कार्यालयका प्रमुख अंगलाल रोकायाले जानकारी दिए । शुक्रवार नै चालक मुगुबाट हिडी सकेका र जुम्ला सिंजाको बोता मालिकामा भत्केको बाटो दुई घण्टामा नै बन्ने र मुगु तर्फ घुच्ची लेकमा रहेको हिउँ एकै दिनमा हटाएर अबरुद्ध सडक सञ्चालन हुने रोकायाको भनाई छ । नाग्म देखि मुगु आउने मालबाहक तथा यात्रुबाहक गाडी जुम्लाको गोठी ज्युला, बोता, भुलभुलेमा र मुगु देखि जाने गाडीहरु गमगढीमा नै रोकिएका अस्थायी ट्राफिक कार्यालय गमगढीले जनाएको छ । – सुमन मल्लको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम