४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

घर टहरा नभत्काउँदा सडक निर्माणमा ढिलाइ

९ फाल्गुन २०७४, बुधबार ०५:४८

फागुन ९, ललितपुर | निर्माणाधीन कोटेश्वर–कलंकी सडक छेउका घर–टहरा भत्काउन ढिलाइ गर्दा काममा अवरोध पुगेको छ । 

सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानलगायतका ठाउँमा सडक छेउमा घर टहरा नहटाउँदा काममा बाधा पुगेको काठमाडौँ चक्रपथ सुधार आयोजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । 

उहाँले भन्नुभयो, “हामीले सम्बन्धित व्यक्तिलाई पटकपटक भने पनि अटेर गरिरहेका छन् ।” चिनियाँ कम्पनी संघाइ निर्माण सेवा समूहले निर्माणको जिम्मवारी लिएकामा आयोजनाले समन्वयको काम गरिरहेको छ । 

मुख्य सडक चार लेनभन्दा बाहिर दुवैतिर दुई÷दुई लेनको सहायक लेन र त्यो बाहिर एक÷एक लेनको सर्भिस ट्र्याक बन्दैछ । सर्भिस ट्र्याक हुँदै सवारी साधन सहायक लेनमा छिर्न सक्छन् । 

यी घर–टहराका कारण यस क्षेत्रमा सर्भिस ट्र्याकको काम अवरुद्ध भएको हो । यससँगै पाइप लाइन, विद्युत्का पोललगायतका कारणले गर्दा काममा ढिलाइ हुने गरेको छ । 

सडकमा बिच्छाइएका मेलम्ची र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पाइप समय–समयमा फुट्ने गरेको छ । इञ्जिनियर अर्याल भन्नुहुन्छ, “सम्बन्धित निकायले सहयोग गरिदिए काम गर्न सजिलो हुन्थ्यो ।” सडकको जम्मा लागत रु एक अर्ब रहेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल