४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णाली करिडोरमा जग्गाको कारोबारले आर्थिक चहलपहलमा बृद्धि

९ फाल्गुन २०७४, बुधबार १६:३६

फागुन ९, कालीकोट | कर्णाली करिडोरमा सवारीका साधन चल्न थालेपछि करिडोर क्षेत्रमा आर्थिक चहलपहल निकै बढेको छ। करिडोर क्षेत्रका आसपासमा बजार हुन सक्ने ठाउँमा जग्गाको कारोबारदेखि व्यापारको सम्भाव्यताले गर्दा आर्थिक चहलपहल बढेको हो।

नेपाली सेनाले सडकको निर्माण कार्यलाई तीव्रता दिएपछि खुलालु, लालीघाट र जितेगडा बजार अहिले व्यापारी केन्द्रका रुपमा स्थापित भएका छन्। रेंगिल, आम्तडा, सान्नीगाड, भात्तडी, भुराबगर, जारकोट र घाटपारीज्युलामा व्यापारीहरुले जग्गाको खरिद बिक्रि बढेको कालिकोट उद्योग बाणिज्य संघ पुर्व बरिष्ठ उपाध्यक्ष मथुरा न्यौपाने बताए। ‘खुलालु, लालीघाट र जितेगडा बजार अहिले व्यापारी केन्द्रका रुपमा स्थापित भएका छन्’ उनले भने, ‘अन्य बजार हुन सक्ने क्षेत्रमा व्यापारीहरुले जग्गाको कारोबार गर्न थालेका छन्।’

कर्णाली करिडोर क्षेत्रमा बिगतमा कुनै बजार मुल्य नभएका घर जग्गाहरुको मुल्य पनि अहिले निकै आकाशिएको केही बर्षमा त किन्न नसकिने अवस्थामा पुग्ने पचालझरना जारकोट बजारका धर्मराज सेजुवालले बताए। ‘बिगतमा यस क्षेत्रमा कसैले जग्गा किन्दैथे’ उनले भने,‘अहिले यहाँ जग्गा किन्नका मारामार हुने गरेको छ।’ सडक छेउछाउमा भावी दिनमा व्यापारको राम्रो सम्भावना देखेर व्यापारी लगाएतका अन्य व्यवसायीहरुले जग्गा किन्ने घरसमेत बनाउन शुरु गरेको रास्कोट नगरपालिका स्थानीय तथा नागरिक समाजका अगुवा अम्मलराज शाहीले बताए । ‘बिकटका गाउँबस्तीहरु अहिले शहरका रुपमा बढेको छन्’ शाहीले भने,‘बिगतको भन्दा अहिले आर्थिक चहलपहल पनि निकै बढेको छ।’

कर्णाली करिडोरको कालिकोट खुलालुदेखि हुम्ला सदरमुकाम सिमिकोटसम्म २ सय ८१ किमि सडक निर्माण भईरहेको क्षेत्रका बिभिन्न बस्तीहरु छोएका कारणले र करिडोरका क्षेत्रका निजी जग्गाको मुल्य पनि निकै आकाशिएको करिडोरका कारणले आर्थिक चहलपहल निकै बढेको बाजुराका पूर्वसभासद् कर्णबहादुर बि.क.ले बताए।‘करिडोर कर्णालीका दर्जर्नौ बस्ती छोएर गएको छ। करिडोर क्षेत्रमा भोलिका लागि राम्रो सम्भावना देखेर जग्गाको व्यापारदेखि घरहरु बन्न थालेका छन्’ उनले भने, ‘यसले गर्दा कर्णाली क्षेत्रमा आर्थिक पहल पहल पनि हुने नै भयो।’

चीन र भारतको त्रिदेशीय व्यापारिक केन्द्रका रूपमा लिइएको कर्णाली करिडोरमा कर्णालीका मानिसहरुका लागि लाइफ लाइन नै भएकाले निर्माणको काम शुरुभएपछि करिडोर क्षेत्रमा बसोबास र आर्थिक चहल पहल हुने गरेको, अझै सडक बनेको त्यो झनै बढ्ने कालिकोट थिर्पुका स्थानीय खेमराज रोकायाले बताए । ‘करिडोर त्रिदेशीय व्यापारी केन्द्र हो। कर्णालीका मानिसका लागि लाइफलाइन हो’ उनले भने, ‘त्यसले गर्दा अहिले भन्दा आर्थिक चहलपहल भोलि बढी हुनेछ।’

बिगतमा कर्णालीमा कुनै सम्भावना नदेखेर तराई लगाएतका अन्य क्षेत्रमा बसाई सराई गरेहरुले करिडोर क्षेत्रमा भावी सम्भावना देखेर जग्गा खरिद गर्ने गरेको नेपाली कांग्रेस कालिकोटका महासमिति सदस्य मोतीराज बमले बताए। ‘बिगतमा कर्णालीमा सम्भावना नदेखेर अन्य क्षेत्रमा बसाई सराई गरेकाहरुले अहिले यहाँ आएर जग्गा खरिद गर्ने गरेका छन्’ उनले भने,‘यसले गर्दा अब मानिसहरुले कर्णालीको सम्भावना देख्न थाले।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल