२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णाली करिडोरमा जग्गाको कारोबारले आर्थिक चहलपहलमा बृद्धि

२०७४, ९ फाल्गुन बुधबार १६:३६

फागुन ९, कालीकोट | कर्णाली करिडोरमा सवारीका साधन चल्न थालेपछि करिडोर क्षेत्रमा आर्थिक चहलपहल निकै बढेको छ। करिडोर क्षेत्रका आसपासमा बजार हुन सक्ने ठाउँमा जग्गाको कारोबारदेखि व्यापारको सम्भाव्यताले गर्दा आर्थिक चहलपहल बढेको हो।

नेपाली सेनाले सडकको निर्माण कार्यलाई तीव्रता दिएपछि खुलालु, लालीघाट र जितेगडा बजार अहिले व्यापारी केन्द्रका रुपमा स्थापित भएका छन्। रेंगिल, आम्तडा, सान्नीगाड, भात्तडी, भुराबगर, जारकोट र घाटपारीज्युलामा व्यापारीहरुले जग्गाको खरिद बिक्रि बढेको कालिकोट उद्योग बाणिज्य संघ पुर्व बरिष्ठ उपाध्यक्ष मथुरा न्यौपाने बताए। ‘खुलालु, लालीघाट र जितेगडा बजार अहिले व्यापारी केन्द्रका रुपमा स्थापित भएका छन्’ उनले भने, ‘अन्य बजार हुन सक्ने क्षेत्रमा व्यापारीहरुले जग्गाको कारोबार गर्न थालेका छन्।’

कर्णाली करिडोर क्षेत्रमा बिगतमा कुनै बजार मुल्य नभएका घर जग्गाहरुको मुल्य पनि अहिले निकै आकाशिएको केही बर्षमा त किन्न नसकिने अवस्थामा पुग्ने पचालझरना जारकोट बजारका धर्मराज सेजुवालले बताए। ‘बिगतमा यस क्षेत्रमा कसैले जग्गा किन्दैथे’ उनले भने,‘अहिले यहाँ जग्गा किन्नका मारामार हुने गरेको छ।’ सडक छेउछाउमा भावी दिनमा व्यापारको राम्रो सम्भावना देखेर व्यापारी लगाएतका अन्य व्यवसायीहरुले जग्गा किन्ने घरसमेत बनाउन शुरु गरेको रास्कोट नगरपालिका स्थानीय तथा नागरिक समाजका अगुवा अम्मलराज शाहीले बताए । ‘बिकटका गाउँबस्तीहरु अहिले शहरका रुपमा बढेको छन्’ शाहीले भने,‘बिगतको भन्दा अहिले आर्थिक चहलपहल पनि निकै बढेको छ।’

कर्णाली करिडोरको कालिकोट खुलालुदेखि हुम्ला सदरमुकाम सिमिकोटसम्म २ सय ८१ किमि सडक निर्माण भईरहेको क्षेत्रका बिभिन्न बस्तीहरु छोएका कारणले र करिडोरका क्षेत्रका निजी जग्गाको मुल्य पनि निकै आकाशिएको करिडोरका कारणले आर्थिक चहलपहल निकै बढेको बाजुराका पूर्वसभासद् कर्णबहादुर बि.क.ले बताए।‘करिडोर कर्णालीका दर्जर्नौ बस्ती छोएर गएको छ। करिडोर क्षेत्रमा भोलिका लागि राम्रो सम्भावना देखेर जग्गाको व्यापारदेखि घरहरु बन्न थालेका छन्’ उनले भने, ‘यसले गर्दा कर्णाली क्षेत्रमा आर्थिक पहल पहल पनि हुने नै भयो।’

चीन र भारतको त्रिदेशीय व्यापारिक केन्द्रका रूपमा लिइएको कर्णाली करिडोरमा कर्णालीका मानिसहरुका लागि लाइफ लाइन नै भएकाले निर्माणको काम शुरुभएपछि करिडोर क्षेत्रमा बसोबास र आर्थिक चहल पहल हुने गरेको, अझै सडक बनेको त्यो झनै बढ्ने कालिकोट थिर्पुका स्थानीय खेमराज रोकायाले बताए । ‘करिडोर त्रिदेशीय व्यापारी केन्द्र हो। कर्णालीका मानिसका लागि लाइफलाइन हो’ उनले भने, ‘त्यसले गर्दा अहिले भन्दा आर्थिक चहलपहल भोलि बढी हुनेछ।’

बिगतमा कर्णालीमा कुनै सम्भावना नदेखेर तराई लगाएतका अन्य क्षेत्रमा बसाई सराई गरेहरुले करिडोर क्षेत्रमा भावी सम्भावना देखेर जग्गा खरिद गर्ने गरेको नेपाली कांग्रेस कालिकोटका महासमिति सदस्य मोतीराज बमले बताए। ‘बिगतमा कर्णालीमा सम्भावना नदेखेर अन्य क्षेत्रमा बसाई सराई गरेकाहरुले अहिले यहाँ आएर जग्गा खरिद गर्ने गरेका छन्’ उनले भने,‘यसले गर्दा अब मानिसहरुले कर्णालीको सम्भावना देख्न थाले।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह