२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालिकोटको नाग्म–गमगढी सडक सुचारु

२०७४, १० फाल्गुन बिहीबार १६:१५

फागुन १०, कालीकोट | माघको अन्तिम साता परेको भारी हिमपातका कारण अवरुद्ध रहेको नाग्म–गमगढी सडक खण्ड बिहीबारबाट खुलेको छ। हिमपातका कारण अवरुद्ध उक्त सडक खण्डमा स्काभेटरले हिउँ पन्छाएपछि खुलेको हो। भारी हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा मुगु आवतजावत पनि अवरुद्ध भएपछि कुनै पनि सवारीका साधन चल्न सकेका थिएनन्।

सडक डिभिजन कार्यालय जुम्लाले बाटोमा जमेको हिउँ हटाई सडक सुचारु भएको, गमगढीदेखि घुच्ची लेकसम्मको सडक खण्डअन्तर्गत घुच्ची लेकको सात घुम्तीमा धेरै हिउँ जमेको र सडक विभागले डोजर लगाएर हिउँ हटाएपछि सडक खुलेको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए।

‘स्काभेटरले सडकमा जमेको हिउँ पन्छाइरहेको र साना सवारी साधन संचालन हुने अवस्था रहे पनि छिटोभन्दा छिटो मालवाहक तथा यात्रुवाहक यातायातका साधन गुड्न सक्ने बनाएको छ’, उनले भने, ‘लामो समयसम्म सडक अवरुद्ध हुँदा बजारमा दैनिक उपभोग्य वस्तुको अभाव तथा कालोबजारी हुन सक्ने भएकाले त्यो अवस्था आउन नदिन सडक विभागलाई जसरी भए पनि सडक खुलाउन निर्देशन दिएपछि सडक खुलेको हो।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते