२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नहर, कुलो र मुहान निर्माण योजना

२०७४, २३ फाल्गुन बुधबार ०९:३०

फागुन २३, नेपालगञ्ज | यस वर्षको बाढीले भत्काएको र बगाएको बाँके जिल्ला राप्तीसोनारी गाउँपालिकाको नहर, मुहान र कुलो निर्माण हुने भएको छ । 

सो गाउँपालिका वडा नं २ मा बाढीले भत्काएका र बगाएका खोरियाका दुई, मदुई, माथेबास, परवा तटबन्ध तथा दुई कुलो र मुहान बनाइने बताइएको छ । सो गाउँपालिका वडा नं २ कार्यालयका अध्यक्ष मदनकुमार ओलीका अनुसार सेभ द चिल्ड्रेन र बाँके युनेस्को क्लबसंँगको सहकार्यमा सो काम हुन लागेको हो । 

नहर, कुलो र मुहान निर्माणका लागि रु ७६ लाख १० हजार बजेट बिनियोजन गरिएको छ भने छ महिनाभित्र काम सम्पन्न गर्ने समयावधि निर्धारण गरिएको छ । योजना सञ्चालनका लागि गठित आठ उपभोक्ता समितिसँग सम्झौताका सबै प्रक्रिया पूरा भइसकेको र केही दिनभित्रै काम शुरु गरिने वडाध्यक्ष ओलीले बताउनुभयो । यस वर्षको बाढीबाट त्यस वडाका करीव एक हजार १०० घरधुरी प्रभावित भएका थिए । सोका निर्माणपछि किसानको खेतबारी र घर सुरक्षित हुने बताइएको छ ।  – रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते