२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

संकटमा गोरखकाली टायर उद्योग, सन्चित नोक्सानी डेढ अर्ब नाघ्यो

२५ फाल्गुन २०७४, शुक्रबार ०३:४१

मनोज पराजुली | फागुन २५, काठमाडौँ। नेपालकै एक मात्र रबर उद्योगको रुपमा रहेको गोरखकाली रबर उद्योग पुर्ण रुपमा बन्द हुँदा यसको अस्तित्व नै संकटमा परेको छ । गोरखा नगरपालिका १४ मझुवामा  ६ सय रोपनीमा सञ्चालित रहेको रबर उद्योग विगत ३ वर्षदेखि बन्द रहेको छ । विगतमा केहि दिन संचालनमा आएपनि उद्योगको लागत खर्च बढेसँगै पुजीको अभाबमा उद्योग बन्द हुन पुगेको हो । 

उद्योगको अवस्था अध्ययन गर्न समितीलाई ४५ दिनको म्याद

उद्योग बन्द अवस्थामा पुगेपछि संचालक समितिले सरकारको ध्यानकर्षण गराएको थियो र सो प्रश्चात सरकारले उद्योग मन्त्रालयका सहसचिव ऋषिराज कोइरालको संयोजकत्वमा एक समिती गठन गरी उद्योगको अवस्थाबारे अध्ययन गर्न ४५ दिनको समयसीमा दिएको छ । काम शुरु गरेको एक हप्ता भयो संयोजक कोइरालाले साझासबालसँग भने ''समितीले स्थलगत अध्ययन गरी संचालन गर्न सकिने नसकिने अवस्थाबारे अध्ययन गर्नेछ।”  कर्मचारी अवकासमा पठाउँदा के कति खर्च लाग्छ,पुनःसंचालन गर्न सकिने आधारहरु के के हुन सक्छन् भन्नेबारेमा स्थलगत अध्ययन गरी उपयुक्त विकल्प सहित सरकारलाई प्रतिवेदन बुझाउँछौँ सो प्रश्चात के गर्नेबारे निर्णय गर्ने अधिकार सरकारको भएको कोइरालाले बताए । 

संचित नोक्सानी १ अर्ब ५० करोड नाघ्यो

२०४१ सालमा स्थापना भएको टायर उद्योग सञ्चालनको लागि पटक पटक प्रयास भएपनि बन्द हुँदा संचित नोक्सानी १ अर्ब ५० करोड नाघेको उद्योगका महाप्रबन्धक दिनेशकुमार बर्तौला बताउँछन् । उद्योग चलाउनको लागि चालू पुजीको अभाब छ उनले भने “५/७ दिनलाई पुग्ने कच्चा पदार्थ त छ, तर उद्योग संचालन हुने वातावरण नै छैन।” स्थापनाकालमा करिब ३० करोड रुपैयाँ लगानी रहेको सो उद्योगले कर्मचारीलाई नियमित तलब खुवाउन मात्रै वार्षिक १२ करोड खर्च लाग्ने उनले बताए । 

किन बन्द भयो उद्योग ?

चालु पुजीको अभाव, दक्ष कर्मचारीको अभाव न्युन उत्पादन क्षमता, चर्र्काे ब्याजदर लगायतका कारणले उद्योग विगतदेखि समस्यामा पर्दै आएको थियो । बजेट अभावमा समयमै कच्चा पदार्थ किन्न नसक्नु, मजदुरको बन्द हडताल लगायत उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आएपछि उद्योग पुर्ण रुपमा बन्द हुन पुगेको छ । टायर उत्पादनका लागि उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थहरु भारत लगायत तेस्रो देशबाट आयात गर्नुपर्ने भएकोले पनि लागत बढ्दै गएको थियो । 

कर्मचारीको इच्छा स्वेच्छिक अवकासमा

उद्योग पुर्ण रुपमा बन्द अवस्थामा पुगेपछि कार्यरत सबै कर्मचारीहरुले स्वेच्छिक अवकास माग गरी निवेदन दिएको बतौला बताउँछन् । तलब पनि नपाउने काम पनि नहुने भन्दै कर्मचारीले स्वेच्छिक अवकासमा जान इच्छा देखाएका छन् बतौलाले भने “यस्तो अवस्थामा उद्योग पुन संचानमा आउने अवस्था नै छैन।”  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य