२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालिकोटको पलातामा हिमचुलीको छैटौं शाखा

२०७४, २७ फाल्गुन आईतवार १६:५३

फागुन २७, कालिकोट । जिल्लाको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले हिमचुलि कृषि सहकारी संस्थालाई बैंकको रुपमा स्थापित गराउने बताए । छैटौं सेवा कार्यालय थिर्पुको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि बमले सो कुरा बताए । वित्तीय क्षेत्रमा पछि परेको पलाताका लागि सम्मृद्धिको नारा ल्याएर आउने सबैलाई स्वागत गर्ने बताए ।

अध्यक्ष बमले यहाँका जनताको नाममा ठगेर जाने उद्देश्य कसैको छ भने त्यसका लागि आफुले सहयोग नरहने समेत बताए । उद्घाटन कार्यक्रममा संस्थाका उपाध्यक्ष देवनारायण संज्यालको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले पलातामा वित्तीय संस्थाको आवश्यकता रहेको बताएका छन् । जिल्लाको अति विकट क्षेत्रका रुपमा रहेको पलातामा आर्थिक क्षेत्रमा पहुँच पु¥याउने उद्देश्यले सहकारी संस्थाले सेवा कार्यालय उद्घाटन गरेको हो ।

यस अघि सम्पर्क कार्यालयका रुपमा कारोवार गर्दै आएको सहकारीका थिर्पुमा आठ वटा लघुवित्त केन्द्रमा १६ लाख कर्जा प्रवाह गरिएको छ भने एक सय ५ जना महिला र दुई सय १० जना पुरुष सदस्य रहेका छन् । यस सेवा कार्यालयबाट आईएमई सेवा, लघुवित्त अन्तरगत बचत तथा ऋण, सदस्यहरुको विमा, कृषि जन्य वस्तुको उत्पादन तथा तथा बजारीकरण र सौर्य उर्जाको कार्यक्रम शुरुवात गर्ने सेवा कार्यालय प्रबन्धक ताराकुमारी पाण्डेले बताईन् ।

२५ जनाबाट ५० हजार शेयर रकम जम्मा गरी शुरु गरेको सहकारी संस्थाका अहिले आठ हजार शेयर सदस्यमा १४ करोड ५० लाख कर्जा प्रवाह, एक करोड ६० लाख शेयर पुँजी रहेको छ भने छरिएर रहेको पाँच करोड बराबरको निक्षेप संकलन गरेको छ । अहिले सहकारी संस्थाले लघुवित्त कार्यक्रम, बचत तथा ऋण, कृषि जन्य वस्तु उत्पादन र बजारीकरण, निर्जिवन विमा, सौर्य उर्जा कार्यक्रम, सुधारिएका बाख्रा खोर निर्माण, युवा शसक्तिकरण तथा सिप विकास तालिम कार्यक्रम संचालन गर्दै आएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार