४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विराटनगर नगर क्षेत्रभित्र सडक सञ्जाल तथा नला निर्माण कार्यलाई तीव्रता

२ चैत्र २०७४, शुक्रबार १०:४०

चैत २, विराटनगर | विराटनगर महानगरपालिकाले नगर क्षेत्रभित्र सडक सञ्जाल तथा नला निर्माण कार्यलाई तीव्रता दिएको छ । 

महानगरपालिकाले सघन शहरी विकास कार्यक्रमअन्तर्गत रु ६२ करोडको लागतमा नालासहित १४ वटा सडकको (१३ दशमलव पाँच किलोमिटर) निर्माण कार्य शुरु गरी त्यसको ७० प्रतिशत काम पूरा भएको जनाएको छ । 

आउँदो २०७५ असार मसान्तसम्ममा सम्पूर्ण सडक तथा सडकको दुवैतर्फ नाला निर्माण कार्य पूरा हुने महानगरपालिकाका वरिष्ठ इन्जिनियर भरत न्यौपानेले बताउनुभयो । 

यसैगरी साना तथा मझौला शहर वातावरणीय विकास परियोजनाअन्तर्गत रु दुई अर्ब ९५ करोडको लागतमा निर्माण भइरहेको नाला तथा सडकको कार्यले ९७ प्रतिशत प्रगति हासिल गरेको छ । 

यस कार्यअन्तर्गत ढल, नाला, फोहर, पानी प्रशोधन, सडक ग्राभेल, पुष्पलाल चोकदेखि पानीट्याङ्कीसम्मको कालोपत्रसहितको सडक निर्माण, धर्मबाँध र शाही मार्गमा पानीट्याङ्की निर्माण कार्य भइरहेको कालिका कन्स्ट्रक्सनका इन्जिनियर महेश सुवेदीले बताउनुभयो । 

यस्तै रु दुई अर्ब ६२ करोडको लागतमा क्षेत्रीय विकास परियोजनाअन्तर्गत शुरु भएको नाला तथा सडक निर्माण कार्यले १५ प्रतिशत प्रगति हासिल भएको भएको इन्जिनियर न्यौपानेले जानकारी दिनुभयो । 

आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ कार्य भइरहेको उक्त परियोजनाअन्तर्गत ७१ किलोमिटर सडकमा कालोपत्र र त्यसको दुवैतर्फ नाला निर्माण गरिने छ ।  

यसैबीच विराटनगरमा भइरहेको कामको महानगरपालिकाका प्रमुख भीम पराजुलीसहितको टोलीले बिहीबार अनुगमन तथा निरीक्षण गर्नुभएको छ । 

प्रमुख पराजुुलीसहित उपप्रमुख इन्दिरा कार्की, महानगरपालिकाका कार्यकारी अधिकृत प्रदीप निरौला, इन्जिनियर भरत न्यौपाने तथा सञ्चारकर्मीसहितको टोलीले विराटनगरमा भइरहेको दुई दर्जनभन्दा बढी योजनाको अनुगमन गरी त्यसको प्रगति र अवस्थाका बारेमा जानकारी लिएको छ । 

नालाको पानी प्रशोधन गरी पुनः खोलामा फाल्ने र मल बिक्री गर्ने योजनाका साथ कार्य अगाडि बढाएको महानगरपालिकाले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता