२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दैलेखको दुल्लु अस्पतालद्वारा विल भरपाई विना लाखौं रुपैयाँ खर्च

२०७४, २ चैत्र शुक्रबार १६:२८

चैत २, दैलेख | दुल्लु अस्पतालले कर्मचारीको तलवदेखी कार्यक्रमको खर्च गर्दा विलभरपाई नराखेको पाईएको छ । लेखा परिक्षण प्रतिवेदन २०७२÷०७३ सार्वजनिक गरे अनुसार दुल्लु अस्पतालमा कर्मचारी तलवदेखी कार्यक्रम खर्चमा विलभरपाई नराखी खर्च गरेको पाईएको हो ।

आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ३६(३) अनुसार खर्चको विलमा भरपाई पेश हुनुपर्छ तर, १ लाख ४३ हजार ४ सय ७१ रुपैँया तलव, विभिन्न शिर्षकमा रु २ लाख ६९ हजार ४४ रुपैँया, सेवा शुल्क शिर्षकमा १ लाख ७९ हजार, एकीकृत जिल्ला स्वास्थ्य कार्यक्रममा रु २६ हजार ९ सय २ रुपैँयाको विलभरपाई नराखी खर्च गरेको लेखा परिक्षण प्रतिवेदनले देखाएको छ । प्रतिवेदनले भनेको छ  ‘विलभरपाई नराखी नियम विपरित गरेको खर्च छानविन गरि स्पष्ट हुनुपर्दछ ।’

निजामती सेवा ऐनको दफा ७ (ख) २ बमोजिम बार्षिक रुपमा सम्वन्धित कोष तथा लेखा नियन्त्रण कार्यालयले तलवी प्रतिवेदन पारित गरेर मात्र तलव भत्ता भुक्तानी हुनुपर्नेमा तलवी प्रतिवेदन पारित नगरि ६२ लाख ४१ हजार ७ सय ५४ रुपैँया खर्च गरेको पाईएको छ । त्यस्तै अस्पतालमा आर्थिक कार्यविधि नियमावली अनुसार जिन्सी निरिक्षण प्रतिवेदनमा उल्लेख भएको व्यहोराको कार्यान्वयन हुनुपर्नेमा नगरेको पाईएको छ । आयकर ऐन २०५८ को दफा ८७ बमोजिम परिश्रमिक आयमा अग्रिम कर कटटी गरि दाखिला गर्नुपर्नेमा चाडपर्व, पोशाक भत्ता, लगायतका खर्चमा राजश्व दाखिला नगरेको पाईएको छ ।

जिन्सी दाखिला कार्यालयले १ लाख ३९ हजार ६ सय ११ रुपैँया मुल्य बरवारको पोलीथीन ट्याङकी लगायतका सामानहरुको दाखिला नभएको र प्रमाण नराखी खर्च गरेको पाईएको छ । उक्त खर्च असुल सम्वन्धीतबाट असुल गर्नुपर्ने लेखा परिक्षण प्रतिवेदनमा उल्लेख छ । अस्पताल सुदृढिकरण शिर्षकबाट उपलब्ध रकम २ लाख ९० हजार रुपैँया खर्चको फाटबारी उपभोग स्पष्ट नभएको र लोख परीक्षण गरी स्पष्ट हुनुपर्ने औल्याईएको छ ।

औषधी खदिरमा बढी दर देखिएको छ । औषधी आपुर्तीले सम्झौताको दरभन्दा बढी नहुने गरि औपाधी खरिद गर्नुपर्नेमा एक आपुर्तीकर्ताले एक प्रकारको औषधीप्रति ट्याब्लेट १ रुपैँया ८० पैसा खदिर गर्नुपर्नेमा ६ रुपैँया ८० पैसाका दरले खरिद गर्दा २५ हजार रुपैँया बढी भुक्तानी भएको देखिएको छ ।दुल्लु अस्पतालका प्रमुख डा. लालबहादुर गुरुगले आफु आउनुअघि लेखापरिक्षणबाट विलभरपाई नभएको प्रतिवेदन देखिएको स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने