४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दैलेखको दुल्लु अस्पतालद्वारा विल भरपाई विना लाखौं रुपैयाँ खर्च

२ चैत्र २०७४, शुक्रबार १६:२८

चैत २, दैलेख | दुल्लु अस्पतालले कर्मचारीको तलवदेखी कार्यक्रमको खर्च गर्दा विलभरपाई नराखेको पाईएको छ । लेखा परिक्षण प्रतिवेदन २०७२÷०७३ सार्वजनिक गरे अनुसार दुल्लु अस्पतालमा कर्मचारी तलवदेखी कार्यक्रम खर्चमा विलभरपाई नराखी खर्च गरेको पाईएको हो ।

आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ३६(३) अनुसार खर्चको विलमा भरपाई पेश हुनुपर्छ तर, १ लाख ४३ हजार ४ सय ७१ रुपैँया तलव, विभिन्न शिर्षकमा रु २ लाख ६९ हजार ४४ रुपैँया, सेवा शुल्क शिर्षकमा १ लाख ७९ हजार, एकीकृत जिल्ला स्वास्थ्य कार्यक्रममा रु २६ हजार ९ सय २ रुपैँयाको विलभरपाई नराखी खर्च गरेको लेखा परिक्षण प्रतिवेदनले देखाएको छ । प्रतिवेदनले भनेको छ  ‘विलभरपाई नराखी नियम विपरित गरेको खर्च छानविन गरि स्पष्ट हुनुपर्दछ ।’

निजामती सेवा ऐनको दफा ७ (ख) २ बमोजिम बार्षिक रुपमा सम्वन्धित कोष तथा लेखा नियन्त्रण कार्यालयले तलवी प्रतिवेदन पारित गरेर मात्र तलव भत्ता भुक्तानी हुनुपर्नेमा तलवी प्रतिवेदन पारित नगरि ६२ लाख ४१ हजार ७ सय ५४ रुपैँया खर्च गरेको पाईएको छ । त्यस्तै अस्पतालमा आर्थिक कार्यविधि नियमावली अनुसार जिन्सी निरिक्षण प्रतिवेदनमा उल्लेख भएको व्यहोराको कार्यान्वयन हुनुपर्नेमा नगरेको पाईएको छ । आयकर ऐन २०५८ को दफा ८७ बमोजिम परिश्रमिक आयमा अग्रिम कर कटटी गरि दाखिला गर्नुपर्नेमा चाडपर्व, पोशाक भत्ता, लगायतका खर्चमा राजश्व दाखिला नगरेको पाईएको छ ।

जिन्सी दाखिला कार्यालयले १ लाख ३९ हजार ६ सय ११ रुपैँया मुल्य बरवारको पोलीथीन ट्याङकी लगायतका सामानहरुको दाखिला नभएको र प्रमाण नराखी खर्च गरेको पाईएको छ । उक्त खर्च असुल सम्वन्धीतबाट असुल गर्नुपर्ने लेखा परिक्षण प्रतिवेदनमा उल्लेख छ । अस्पताल सुदृढिकरण शिर्षकबाट उपलब्ध रकम २ लाख ९० हजार रुपैँया खर्चको फाटबारी उपभोग स्पष्ट नभएको र लोख परीक्षण गरी स्पष्ट हुनुपर्ने औल्याईएको छ ।

औषधी खदिरमा बढी दर देखिएको छ । औषधी आपुर्तीले सम्झौताको दरभन्दा बढी नहुने गरि औपाधी खरिद गर्नुपर्नेमा एक आपुर्तीकर्ताले एक प्रकारको औषधीप्रति ट्याब्लेट १ रुपैँया ८० पैसा खदिर गर्नुपर्नेमा ६ रुपैँया ८० पैसाका दरले खरिद गर्दा २५ हजार रुपैँया बढी भुक्तानी भएको देखिएको छ ।दुल्लु अस्पतालका प्रमुख डा. लालबहादुर गुरुगले आफु आउनुअघि लेखापरिक्षणबाट विलभरपाई नभएको प्रतिवेदन देखिएको स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद