२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वीरेन्द्रनगरको फुटपाथ नगरपालिकालाई चुनौती

४ चैत्र २०७४, आईतवार १६:३३

चैत ४, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रका सडक छेउ रहेका घरटहरा र फुटपाथका पसल, ठेला र फुटपाथ छोप्ने गरी राखेका सामग्री उठाउने अभियान थालेपनि पूर्ण रुपमा कार्यान्वयन हुन नसक्दा समस्या भएको छ । नगरपालिकाले थालेको यो अभियानमा नगरको समस्याको रुपमा देखिएको छ ।

नगरपालिकाले गत फागुन १३ गतेबाट यो अभियान थालेको र अहिलेसम्म वीरेन्द्रनगरका ६, ७, र ८ मा सार्वजनिक स्थानमा भएका घर टहरा र फुटपाथमा रहेका पसल, ठेलाहरु उठाइसकेको छ भने घन्टाघरका टहराहरु हटाउने तयारीमा रहेको छ ।वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले नगरपालिकाको निर्णय अनुसार आफुहरुले सार्वजनिक स्थानमा रहेका घरटहरा र फुटपाथमा भएका पसल, ठेलाहरु उठाउने अभियान अन्तिम चरणमा पुगेको बताउँछन् ।

अधिकृत पौडेलले अबको एक हप्ता भित्रमा घन्टाघरका टहराहरु हटाउने तयारीमा रहेको बताए । उनले टहरा हटाउँदा सुरक्षाकर्मीको आवश्यकता पर्ने हुँदा एक हप्ता भित्रमा सुरक्षाकर्मीका साथमा टहराहरु हटाइने बताए ।वरिष्ठ अधिकृत पौडेलले भने ‘हामीले कानुनी, लिखित र मौखिक रुपमा सूचना जारी गरीसकेका छौ, अबको केही दिनमा ती टहराहरु हटाउँछौ ।’


अधिकृत पौडेलले सार्वजनिक स्थान रहेका घरटहरा र फुटपाथमा भएका पसल, ठेलाहरु उठाउने पहिलो चरणको काम करिब सकिन लागेको बताए । उनले पहिलो चरणको काम सकेर वीरेन्द्रनगरका आसपासका क्षेत्रहरुमा फुटपाथका सामानहरु हटाउने र सडकमा कालेपत्रे गरिने जानकारी दिए ।

मंगलगढीचोकबाट घर टहरा तथा फुटपाथका पसलहरु हटाउन सुरु गरेको नगरपालिकाले सार्वजनिक स्थानमा रहेका ३३ जनाको सामान उठाएको अधिकृत पौडेलले जानकारी दिए । नगरपालिकाले उठाएको कतिपय सामान ५०० रुपैयाँ जरिवाना लिएर सामान फिर्ता दिएको र कतिपय सामा नगरपालिकामै रहेको उनले बताए । ती सामान चालु आर्थिक वर्ष भित्र लिन नआए सामानको लिलामी गरिने अधिकृत पौडेलले जानकारी दिए ।

यता नगरपालिकाको अभियानलाई चुनौति दिंदै वीरेन्द्रनगर घन्टाघर लाइनमा फुटपाथमा बसेका व्यापारीहरु आफुहरु उठ्न अन्कनाइरहेका छन् । नगरपालिकाले सूचना जारी गरिसकेपछि पनि फुटपाथमा पसल गरेका व्यापारीहरु विकल्प दिएर मात्र उठाउनु पर्ने बताउँदै आएका छन् ।

४ वर्षदेखि फुटपाथमा पसल गर्दै आएकी यमुना शर्मा आफुहरुलाई विकल्प दिएर मात्रै नगरपालिकाले उठाउनुपर्ने बताउँछन् । उनी भनिछन्, ‘चार वर्ष भयो पसल गर्न थालेको अब अहिले आएर एक्कासी पसल हटाउनु भन्छन, अब हामी यहाँ छाडेर कहाँ जाने ? कुनै विकल्प नै छैन ।’

यस्तै ४ वर्षदेखि फुटपाथमा पसल गर्दै आइरहेका अर्का व्यापारी जयप्रसाद शर्माले आफुहरुलाई हटाएर नगरपालिकाले अन्याय गरेको बताउँछन् । उनी भन्छन्, ‘की हामीलाई यहाँको नागरिक हैन भन्नुपर्यो, की त रोजगार दिलाउनुपर्यो, की हटाउनुभएन ।’ उनले नगरपालिकाले आफुहरुलाई नगरपालिकाले अन्याय गरेको बताउँछन् ।

यस्तै आफुलाई नगरपालिकाले अन्याय गरेको भन्दै फुटपाथमा पसल गर्दै आएकी खगिसरा पौडेलले आफ्नो रोजीरोटी नगरपालिकाले खोस्न लागेको बताउँछिन । आफुले भोट हालेका नगरप्रमुख र उपप्रमुख आफ्नो रोजीरोटी खोसीदाँ टुलु टुलु हेरेको उनको गुनासो छ । उनले भनिन् ‘हामीले भोट हालेको के काम भयो त, चुनाब आउँदा तपाईका समस्या समाधान गर्दिन्छम् भन्दै हात जोड्न आउने, अहिले समस्या पर्दा टुलु टुलु हेर्ने, के को न्याय हो यो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य