२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नुवाकोटमा ‘पुनःनिर्माण योजना प्रतिवेदन’ तयार

२०७४, ६ चैत्र मंगलवार ०६:०७

चैत ६, नुवाकोट | भूकम्पले पुर्याएको क्षतिपछि ‘पुनःनिर्माण योजना प्रतिवेदन’ तयार भएको छ । 

जिल्ला समन्वय समितिको सहकार्यमा बेलायती सहयोग नियोग (डिफिड)ले विज्ञ समूहमार्फत विसं २०७२ वैशाख १२ को भूकम्पले पु¥याएको क्षतिको परिणाम, पुनःनिर्माणका लागि योजना र अनुमानित लागतसहितको पुनःनिर्माण प्रतिवेदन तयार गरी सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । 

डिफिडमार्फत विज्ञ समूहले प्रभावित बासिन्दा र सरोकार भएकाहरुसहितको समूहमार्फत स्थलगत अध्ययनका आधारमा प्रतिवेदन तयार बनाएको हो । 

प्रतिवेदनमा खानेपानी, विद्यालय, स्वास्थ्यचौकी, सार्वजनिक संरचना, सरकारी र सामुदायिक भवन, सांस्कृतिक सम्पदा, सिँचाइ योजना, झोलुङ्गे पुलमा पुगेका क्षति र अबको पुनःनिर्माणसहित जीविकोपार्जनका कार्यक्रमको खाका तयार गरिएको छ । भूकम्पले क्षति पुगेका संरचनाको पुनःनिर्माण तथा जीविकोपार्जनका लागि रु १४ करोड ४१ लाख आवश्यक रहेको उल्लेख छ । 

पञ्चवर्षीय कार्यक्रममार्फत सञ्चालन गर्ने गरी तयार भएको प्रतिवेदनमा औंँल्याइएका पुनःनिर्माणका योजनाको कार्यक्रम सञ्चालन गर्न डिफिडले नुवाकोट, रसुवा, धादिङ र गोरखा जिल्लाका लागि रु चार अर्ब बजेट सहयोग गर्नेछ । 

प्रतिवेदनमा आगामी दिनमा पुनःनिर्माण, नवनिर्माण, समुदायमा सञ्चालन गरिने कार्यक्रमका लागि आधार प्रस्तुत गरिए पनि गाउँपालिकाले त्यसमा संशोधन, सुधार तथा आवश्यकता र समय सान्दर्भिक पहिचान गरी छुट्टै योजनासमेत बनाउनसक्ने जिसस प्रमुख सन्तमान तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले निर्वाचित जनप्रतिनिधिको कार्यकालभित्र योजना पूरा गर्ने गरी प्रतिवेदन तयार गरिएको हो ।” रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते