२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नुवाकोटमा ‘पुनःनिर्माण योजना प्रतिवेदन’ तयार

६ चैत्र २०७४, मंगलवार ०६:०७

चैत ६, नुवाकोट | भूकम्पले पुर्याएको क्षतिपछि ‘पुनःनिर्माण योजना प्रतिवेदन’ तयार भएको छ । 

जिल्ला समन्वय समितिको सहकार्यमा बेलायती सहयोग नियोग (डिफिड)ले विज्ञ समूहमार्फत विसं २०७२ वैशाख १२ को भूकम्पले पु¥याएको क्षतिको परिणाम, पुनःनिर्माणका लागि योजना र अनुमानित लागतसहितको पुनःनिर्माण प्रतिवेदन तयार गरी सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । 

डिफिडमार्फत विज्ञ समूहले प्रभावित बासिन्दा र सरोकार भएकाहरुसहितको समूहमार्फत स्थलगत अध्ययनका आधारमा प्रतिवेदन तयार बनाएको हो । 

प्रतिवेदनमा खानेपानी, विद्यालय, स्वास्थ्यचौकी, सार्वजनिक संरचना, सरकारी र सामुदायिक भवन, सांस्कृतिक सम्पदा, सिँचाइ योजना, झोलुङ्गे पुलमा पुगेका क्षति र अबको पुनःनिर्माणसहित जीविकोपार्जनका कार्यक्रमको खाका तयार गरिएको छ । भूकम्पले क्षति पुगेका संरचनाको पुनःनिर्माण तथा जीविकोपार्जनका लागि रु १४ करोड ४१ लाख आवश्यक रहेको उल्लेख छ । 

पञ्चवर्षीय कार्यक्रममार्फत सञ्चालन गर्ने गरी तयार भएको प्रतिवेदनमा औंँल्याइएका पुनःनिर्माणका योजनाको कार्यक्रम सञ्चालन गर्न डिफिडले नुवाकोट, रसुवा, धादिङ र गोरखा जिल्लाका लागि रु चार अर्ब बजेट सहयोग गर्नेछ । 

प्रतिवेदनमा आगामी दिनमा पुनःनिर्माण, नवनिर्माण, समुदायमा सञ्चालन गरिने कार्यक्रमका लागि आधार प्रस्तुत गरिए पनि गाउँपालिकाले त्यसमा संशोधन, सुधार तथा आवश्यकता र समय सान्दर्भिक पहिचान गरी छुट्टै योजनासमेत बनाउनसक्ने जिसस प्रमुख सन्तमान तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले निर्वाचित जनप्रतिनिधिको कार्यकालभित्र योजना पूरा गर्ने गरी प्रतिवेदन तयार गरिएको हो ।” रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य