४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालिकोटमा काईनाइटको अवैध उत्खनन् रोक्न माग

६ चैत्र २०७४, मंगलवार २०:४०

चैत ७, कालीकोट | कालीकोटको शुभ कालिका गाउँपालिकाको भर्तास्थत बहुमुल्य धातु काईनाइट चोरी निकासी गर्नेलाई कार्वाहीको माग गर्दै प्रशासन गुहारेका छन् ।काईनाइट अबैध रुपमा उत्खनन् गरी चोरी निकासी भएको हुनाले आवश्यक कार्वाही गरी पाउँ भनी कालिका गाउँपालिका ३ निवासी इन्द्रबहादुर शाहीले कालीकोटका प्रमुख जिल्ला अधिकारी समक्ष सोमबार निवेदन दिएका हुन् । उनले भर्ताको विभिन्न स्थानबाट चोरी निकासी भएको हुँदा उक्त कार्य रोक्न आग्रह गरेका छन् ।

कालीकोटको भर्तास्थित काईनाइटको उत्खनन्का लागि अनुमति पाएका कम्पनी उत्खनन् र निकासी गर्दै आएकोमा हाल काईनाइटको उत्खनन् र निकासी बन्द भएको अवस्थामा अनुमति पाएको स्थान भन्दा बाहिरबाट केही व्यक्तिहरुले अबैध चोरी निकासी गरेको हुनाले त्यसलाई रोकी आवश्यक कानूनी कार्वाही गर्न प्रशासन गुहार्नु परेको निवेदक शाहीले उल्लेख गरेका छन् ।

अवैध उत्खनन् गरिएको काईनाइट भारत लैजाँदै गर्दा प्रहरीलाई खबर गरे पनि आफ्नो जिम्मेवारी नभएको भन्दै प्रहरी पञ्छिएको निवेदक शाहीको भनाई छ । जिल्लाको कालिका गाउँपालिका–३ भर्ताको मदाने क्षेत्रमा रहेको बहुमुल्य धातु काईनाइट अवैध उत्खलन् भइरहेको उनले निवेदनमा उल्लेख गरेका छन् । गाउँपालिका, वडापालिका, जिल्ला समन्वय समितिको अनुमति विना नै अवैध रुपमा राजश्व छलेर निकासी उनले जनाएका छन् ।

निकासी बन्द गरेको अवस्थामा अबैध रुपमा चोरी निकासी भएको कुरा प्रहरी प्रशासनलाई जानकारी गराउँदा समेत ध्यान नदिएको बिपिन एण्ड अभि खनिज उद्योग प्रालिका प्रतिनिधि विके पौडेलले बताए । उनले काईनाइटको अबैध रुपमा भएको निकासी र राजश्व छलि बारे प्रहरी प्रशासनलाई जानकारी गराए पनि नरोकिएपछि सञ्चार माध्यमलाई गुहार्नु परेको गुनासो गरे ।

कालीकोटको भर्ता स्थित खानीबाट काईनाइट उत्खनन्का लागि विपिन एण्ड अभि खनिज उद्योग प्रा.लि., ठेकेदार माझी र ठेकेदार चलाउनेले खानी तथा भूगर्भ विभागवाट उत्खनन् इजाजत पत्र लिएका छन् । तर खानी तथा भूगर्भ विभागले नै विगत तीन वर्ष यता काईनाइटको उत्खनन् र निकासी बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता