2026-10-15 10:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भेरी बबई डाइभर्सनमा लक्ष्यभन्दा ५ गुणा बढी काम

चैत ७, सुर्खेत | देशका अधिकांश निर्माणाधीन आयोजनाको प्रगति सन्तोषजनक छैन । अहिले पनि विकास बजेटको ठूलो हिस्सा खर्च हुन सकेको छैन ।तर, भेरी बबई डाइभर्सन आयोजना भने अपवाद बनेको छ । आयोजनाले एक वर्षमै बजेट भाषणमा तोकिएको लक्ष्यभन्दा ५ गुणा बढी रकम खर्च गर्दैछ ।

सरकारले चालु आर्थिक वर्ष २०७४/७५ मा भेरी बबई डाइभर्सनका लागि ८८ करोड ८० लाख ९२ हजार छुट्टाएको थियो । तर, त्यो रकम अपर्याप्त भएको छ ।अहिलेसम्ममा १ अर्ब ६५ करोड खर्च भइसकेको छ । माघ महिनामा मात्रै अर्थ मन्त्रालयले आयोजनालाई १ अर्ब रकम निकासा गरेको थियो । तर, रकम अपुग भएपछि थप २ अर्ब ९६ करोड अर्थ मन्त्रालयसँग माग गरिएको छ ।

आयोजना प्रमुख शिवकुमार बस्नेत भन्छन्, ‘आयोजनाको काम द्रुत गतिमा अघि बढेकाले थप रकमको आवश्यकता परेको हो ।’चीनबाट ल्याएको टनेल बोडिङ मेसिन (टिबीएम)ले कात्तिक तेस्रो सातादेखि सुरुङ खन्न थालेपछि आयोजनाले गति लिएको छ । टिबीएम मेसिनले अहिलेसम्म २५ सय ५० मिटर सुरुङ खनेको छ ।आयोजनाका लागि १२ किलोमिटर  सुरुङ खन्नुपर्छ । त्यसमध्ये ६ किलोमिटर सुरुङ खन्न जोखिमयुक्त मानिएको छ, जहाँ  अहिले काम भइरहेको छ । टिबीएम मेसिनले सुर्खेतको भेरीगंगा नगरपालिकाको हात्तीखालबाट चिप्लेसम्म सुरुङ खन्ने छ ।

अर्थ मन्त्रालयको बजेट अर्ध वार्षिक समिक्षामा पनि यो आयोजनाले उल्लेख्य रुपमा प्रगति गरेको उल्लेख छ । आयोजनाको काम तीव्र गतिमा अघि बढेकाले थप रकम आवश्यक देखिएको बजेट समिक्षा रिपोर्टमा उल्लेख छ ।१६ अर्ब ४३ करोड लागत आंकलन गरिएको आयोजना निर्माण भएपछि बाँ केको ५१ हजार हेक्टर खेतीयोग्य जमिनलाई सिंचाइ हुनेछ । साथै ४८ मेगावाटको जलविद्युत गृह पनि बनाइनेछ । अहिले डिजाइन पुनरावलोकन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने