२ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भेरी बबई डाइभर्सनमा लक्ष्यभन्दा ५ गुणा बढी काम

६ चैत्र २०७४, मंगलवार २०:४२

चैत ७, सुर्खेत | देशका अधिकांश निर्माणाधीन आयोजनाको प्रगति सन्तोषजनक छैन । अहिले पनि विकास बजेटको ठूलो हिस्सा खर्च हुन सकेको छैन ।तर, भेरी बबई डाइभर्सन आयोजना भने अपवाद बनेको छ । आयोजनाले एक वर्षमै बजेट भाषणमा तोकिएको लक्ष्यभन्दा ५ गुणा बढी रकम खर्च गर्दैछ ।

सरकारले चालु आर्थिक वर्ष २०७४/७५ मा भेरी बबई डाइभर्सनका लागि ८८ करोड ८० लाख ९२ हजार छुट्टाएको थियो । तर, त्यो रकम अपर्याप्त भएको छ ।अहिलेसम्ममा १ अर्ब ६५ करोड खर्च भइसकेको छ । माघ महिनामा मात्रै अर्थ मन्त्रालयले आयोजनालाई १ अर्ब रकम निकासा गरेको थियो । तर, रकम अपुग भएपछि थप २ अर्ब ९६ करोड अर्थ मन्त्रालयसँग माग गरिएको छ ।

आयोजना प्रमुख शिवकुमार बस्नेत भन्छन्, ‘आयोजनाको काम द्रुत गतिमा अघि बढेकाले थप रकमको आवश्यकता परेको हो ।’चीनबाट ल्याएको टनेल बोडिङ मेसिन (टिबीएम)ले कात्तिक तेस्रो सातादेखि सुरुङ खन्न थालेपछि आयोजनाले गति लिएको छ । टिबीएम मेसिनले अहिलेसम्म २५ सय ५० मिटर सुरुङ खनेको छ ।आयोजनाका लागि १२ किलोमिटर  सुरुङ खन्नुपर्छ । त्यसमध्ये ६ किलोमिटर सुरुङ खन्न जोखिमयुक्त मानिएको छ, जहाँ  अहिले काम भइरहेको छ । टिबीएम मेसिनले सुर्खेतको भेरीगंगा नगरपालिकाको हात्तीखालबाट चिप्लेसम्म सुरुङ खन्ने छ ।

अर्थ मन्त्रालयको बजेट अर्ध वार्षिक समिक्षामा पनि यो आयोजनाले उल्लेख्य रुपमा प्रगति गरेको उल्लेख छ । आयोजनाको काम तीव्र गतिमा अघि बढेकाले थप रकम आवश्यक देखिएको बजेट समिक्षा रिपोर्टमा उल्लेख छ ।१६ अर्ब ४३ करोड लागत आंकलन गरिएको आयोजना निर्माण भएपछि बाँ केको ५१ हजार हेक्टर खेतीयोग्य जमिनलाई सिंचाइ हुनेछ । साथै ४८ मेगावाटको जलविद्युत गृह पनि बनाइनेछ । अहिले डिजाइन पुनरावलोकन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीनकुनेमा आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु काठमाडौंका यी स्थानमा आज बिजुली काटिंदैछ तिब्बत र आन्ध्र महासागरमा आज बिहान गयो भूकम्प मौलिक संस्कृति नै नेपालीको जग हो :- प्रधानमन्त्री ओली यस्तो छ आज, विदेशी मुद्राको विनिमयदर मौसम : आज देशका यी स्थानमा वर्षा र हिमपातको सम्भावना ‘मूर्ति चोर को हो ? वंश मास्ने को हो ?’ भन्दै दिवा स्वप्न नदेख्न पूर्वराजालाई प्रचण्डको चेतावनी नेपाली बजारमा आईफोन १६ सिरिजको मूल्य घट्यो, यस्तो छ पछिल्लो मूल्य सूची अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ हिजो साँझ काठमाडौँ आएको अमेरिकी एयरफोर्सको विमान फर्कियो, किन आएको थियो? मन्त्री पाण्डेलाई कारबाही माग गर्दै सांसद बजगाईंद्वारा कांग्रेस केन्द्रीय अनुशासन समितिमा उजुरी पावर बैंकका कारण विमान दुर्घटना ! दैलेखमा रुखले थिचेर दुई जनाको मृत्यु युगान्डामा नेपालको दोस्रो जित, हङकङलाई ६ विकेटले हरायो महामूर्खको उपाधि मुख्यमन्त्री सिंहलाई युक्रेनको युद्धविराम योजनामाथि पुटिनद्वारा ‘गम्भीर आशङ्का’ व्यक्त महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पौडेलसहित ५ जना पक्राउ धनकुटामा एक युवक मृत फेला, मृतककी श्रीमती सहित पाँच जना पक्राउ अवैध आप्रवासीमाथि अमेरिका थप कठोर बन्दै, फेरि दुई नेपाली निकालिए  ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा सशस्त्र प्रहरीका नायब निरीक्षक सई पक्राउ