२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महावै गाउँपालिकाका जनप्रतिनिधीको जवाफ: ‘सस्तो लोक प्रियताका लागि अनर्गल प्रचारबाजी’

२०७४, १० चैत्र शनिबार ०६:२०

चैत १०, कालिकोट | महावै गाउँपालिका अध्यक्ष नन्दबहादुर सिंहले गाँउपालिकाभित्रका केही व्व्यक्तिहरुले सस्तो लोकप्रियताको लागि अनियमितता आरोप लगाएको बताएका छन् । उनले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले विज्ञप्ती निकालेर विभिन्न प्रचारबाजीमा उत्रिएको बताए । उनले शुक्रबार मान्ममा पत्रकार सम्मेलन गरी स्थानीय तहको चुनावमा आफुसंग पराजित भएकाहरुले प्रतिशोधको रुपमा अनर्गल प्रचार गरेको बताए ।

नेकपा एमालेका गाउँपालिका संयोजक खड्गबहादुर सिंह र नेकपा माओवादी केन्द्रका गाउँपालिकाका इन्चार्ज सर्पराज सिंह र संयोजक हर्कबहादुर शाहीले जनप्रतिनिधिहरुलाई झुटो ओराप लगाएको उनले जनाए । नेपाल सरकारले दिएको १ करोड रुपैयाँको ४८ लाख रुपैयाँबैंक खातामा सुरक्षित रहेको भन्दै खर्च भएको ५२ लाख मध्येबाट ३२ लाख पुँजिगत तर्फको बजेटले कार्यालय व्यवस्थापनमा खर्च गरि बाँकी २० लाख रुपैयाँ चालुतर्फ रहेको बताए । अहिलेसम्म गाउँपालिकाले कुनै पनि योजनाको भुक्तानी नगरेको र पेश्की मात्र दिएको बताए ।

महावै गाउँपालिकाका डिल्लीकोटमा गाडि पुगेकै दिन पत्रकार सम्मेलन गरि गाउँपालिकामाथि हारेका उम्मेदवारले  आफुहरुमाथि झुटो आरोप लगाई बदनाम गर्न खोजेको उनको दावी छ । गाउँपालिकाकाले आइटी अफिसर नियुक्त गर्दा योग्यता नपुगेका व्यक्तिलाई नियुक्त गर्न नसकिने अडान लिएका कारण आफुसंग पटक पटक विवादमा उत्रिएको जनप्रतिनिधिलाई बदनाम गराउन झुटा आरोप लगाएको उनले बताए ।

पत्रकार सम्मेलनमा महावै गाउँपालिका उपाध्यक्ष मनराज शाहीले महावै गाउँपालिकाको अनुगमन र त्यहाँको यर्थाथ वस्तु स्थिति नबुझी काठमाण्डौको होटलमा गएर निकालिएको विज्ञप्ती प्रति आपत्ती जनाए उनीहरुविरुद्ध मानहानीको मुद्धा दायर गर्ने तयारी गरेको उनको जानकारी दिए ।  उनले गाउँपालिकाकाले अहिलेसम्म ३३ प्रतिशत बजेट बाहेक अन्य बजेट भुक्तानी नभएको बताए ।

महावै गाउँपालिकाका सम्र्पूण योजनाहरुको अनुगमनका लागि आफ्नो संयोजकत्वमा अनुगमन समिति बनाएकाले सम्पन्न नभएका योजनाको भुक्तानी नदिएको आफुसंग प्रमाण रहेको उनले बताए । त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै महावै गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष रविन्द्रबहादुर शाहीले महावै गाउँपालिकामा अनियमितता भयो भन्ने विषयमा गाउँपालिकाकाले खरिद गरेका सामाग्रीको विल भरपाईसहित सामाग्री खरिद गरेको प्रत्येक पसलमा गएर आफुले विल चेकजाँच गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार