४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महावै गाउँपालिकाका जनप्रतिनिधीको जवाफ: ‘सस्तो लोक प्रियताका लागि अनर्गल प्रचारबाजी’

१० चैत्र २०७४, शनिबार ०६:२०

चैत १०, कालिकोट | महावै गाउँपालिका अध्यक्ष नन्दबहादुर सिंहले गाँउपालिकाभित्रका केही व्व्यक्तिहरुले सस्तो लोकप्रियताको लागि अनियमितता आरोप लगाएको बताएका छन् । उनले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले विज्ञप्ती निकालेर विभिन्न प्रचारबाजीमा उत्रिएको बताए । उनले शुक्रबार मान्ममा पत्रकार सम्मेलन गरी स्थानीय तहको चुनावमा आफुसंग पराजित भएकाहरुले प्रतिशोधको रुपमा अनर्गल प्रचार गरेको बताए ।

नेकपा एमालेका गाउँपालिका संयोजक खड्गबहादुर सिंह र नेकपा माओवादी केन्द्रका गाउँपालिकाका इन्चार्ज सर्पराज सिंह र संयोजक हर्कबहादुर शाहीले जनप्रतिनिधिहरुलाई झुटो ओराप लगाएको उनले जनाए । नेपाल सरकारले दिएको १ करोड रुपैयाँको ४८ लाख रुपैयाँबैंक खातामा सुरक्षित रहेको भन्दै खर्च भएको ५२ लाख मध्येबाट ३२ लाख पुँजिगत तर्फको बजेटले कार्यालय व्यवस्थापनमा खर्च गरि बाँकी २० लाख रुपैयाँ चालुतर्फ रहेको बताए । अहिलेसम्म गाउँपालिकाले कुनै पनि योजनाको भुक्तानी नगरेको र पेश्की मात्र दिएको बताए ।

महावै गाउँपालिकाका डिल्लीकोटमा गाडि पुगेकै दिन पत्रकार सम्मेलन गरि गाउँपालिकामाथि हारेका उम्मेदवारले  आफुहरुमाथि झुटो आरोप लगाई बदनाम गर्न खोजेको उनको दावी छ । गाउँपालिकाकाले आइटी अफिसर नियुक्त गर्दा योग्यता नपुगेका व्यक्तिलाई नियुक्त गर्न नसकिने अडान लिएका कारण आफुसंग पटक पटक विवादमा उत्रिएको जनप्रतिनिधिलाई बदनाम गराउन झुटा आरोप लगाएको उनले बताए ।

पत्रकार सम्मेलनमा महावै गाउँपालिका उपाध्यक्ष मनराज शाहीले महावै गाउँपालिकाको अनुगमन र त्यहाँको यर्थाथ वस्तु स्थिति नबुझी काठमाण्डौको होटलमा गएर निकालिएको विज्ञप्ती प्रति आपत्ती जनाए उनीहरुविरुद्ध मानहानीको मुद्धा दायर गर्ने तयारी गरेको उनको जानकारी दिए ।  उनले गाउँपालिकाकाले अहिलेसम्म ३३ प्रतिशत बजेट बाहेक अन्य बजेट भुक्तानी नभएको बताए ।

महावै गाउँपालिकाका सम्र्पूण योजनाहरुको अनुगमनका लागि आफ्नो संयोजकत्वमा अनुगमन समिति बनाएकाले सम्पन्न नभएका योजनाको भुक्तानी नदिएको आफुसंग प्रमाण रहेको उनले बताए । त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै महावै गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष रविन्द्रबहादुर शाहीले महावै गाउँपालिकामा अनियमितता भयो भन्ने विषयमा गाउँपालिकाकाले खरिद गरेका सामाग्रीको विल भरपाईसहित सामाग्री खरिद गरेको प्रत्येक पसलमा गएर आफुले विल चेकजाँच गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता