२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जनश्रमदान र स्थानीय नागरिकको सहयोगमा अन्नपूर्ण मन्दिर पुनःनिर्माण हुँदै

२०७४, १३ चैत्र मंगलवार १९:३७

चैत १४, धादिङ्ग | धादिङको ज्वालामुखी ५ स्थित खरीमा एतिहासिक अन्नपूर्ण मन्दिर पुनःनिर्माण गरिने भएको छ । 

जीर्ण अवस्थामा रहेको उक्त मन्दिर पछिल्लो समय पुजाआजा समेत नभएको अवस्थामा परिणत भएपछि मन्दिर पुनर्निर्माण गर्न लागिएको हो । यहाँका स्थानीयवासीको जनश्रमदान र स्थानीय जनताकै आर्थिक सहयोगमा मन्दिर पुनःनिर्माण गरिने भएको छ । 


झन्डै ५ लाख भन्दा बढी रकम संकलन गरि निर्माण गर्न लागिएको उक्त मन्दिर वरीपरीको क्षेत्र वडापालिकाले ग्रावेल गर्ने बिषयमा समेत छलफल हुँदैछ भने मन्दिर निर्माण तथा जगेर्ना गर्न छुट्टै समिति समेत बनाईएको छ । 'सहयोगी हातहरु अघि बढाऔं, भोलीको लागि पुण्य कमाऔं' भन्ने मूल नाराका साथ मन्दिर पुनर्निर्माणको लागि 'अन्नपूर्ण मन्दिर संरक्षण तथा सम्वर्दन समिति' बनाई काम सुरु गरिएको छ । मन्दिर निर्माणको पहिलो चरणमा मन्दिरको कम्पाउण्डको काम सुरु हुँदैछ भने मन्दिर निर्माणको लागि नक्सा निर्माणको काम सम्पन्न भईसकेको छ । 

आगामी दशैंको नवमीसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित काम अघि बढेको यस मन्दिर पुनर्निर्माण पछी बर्षेनी मङ्सिरमा बिशेष पुजा लगाउने, यस अघि परेवा तथा कुखुरा बलि चढाउने गरिएकोमा अब परेवा बलि नदीई उडाउने तथा अन्न चढाएर पुजाआजा गर्ने बताइएको छ । 

समितिले यस मन्दिरको अस्तित्व परापुर्व कालदेखिनै रहेको मान्दै यसको संरक्षणमा बिशेष महत्व दिनुपर्ने बताएको छ । हाल जिर्ण अवस्थामा रहेको मन्दिरले पुनर्निर्माण पछी गाउँनै उज्यालो बनाउने भन्दै स्थानीयहरुले सक्दो श्रमदान र आर्थिक सहयोग गर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम