४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘गाउँका सिंहदरबार’ सदरमुकामबाटै सञ्चालन

१६ चैत्र २०७४, शुक्रबार १५:४४

चैत १६, कालिकोट | जिल्लाका अधिकांश स्थानीय तहका काम सदरमुकामबाट नै हुने गरेका छन्। गाउँगाउँमा पुगेको स्थानीय तहका सिंहदरबारहरूको योजना सम्झौता, रकम फरफरात सदरमुकाममा नै हुने गरेको हो। गाउँगाउँमा पुगेका सिंहदरबारका कर्मचारीहरू स्थानीय तहमा नजादाँ तलब भत्ता, विकास योजनाको सम्झौता लगाएतका काम सदरमुकाममा नै हुने गरेको छन्।

कर्मचारी स्थानीय तहमा नगएर सदरमुकामा नै बसेका कारणले सानोतिनो काम पर्दा पनि सदरमुकाम नै धाउनु पर्ने बाध्यता रहेको नरहरीनाथ गाउँपालिका ९ लालुका रनबहादुर शाहीले बताए। उनले भने, ‘गाउँगाउँमा सिंहदरबार आएको भन्दै थिए, हामीलाई सानासाना काम गर्न पनि सदरमुकाम आउनु पर्छ।’ हरेक काम सदरमुकाममा नै हुने भएका कारणले दैनिक जसो योजना सम्झौता गर्ने, आर्थिक वर्षको अन्तिम चौमासिक रकम बुझ्नेहरूको भीड नै लाग्ने गरेको स्थानीयको भनाइ रहेको छ।

सदरमुकाम नै भाडाका सम्पर्क कार्यालय जिल्ला सदरमुकाममा स्थानीय तहका कार्यालय भाडाका घरबाट सञ्चालन भइरहेका छन्। जिल्ला ९ वटा स्थानीय तहले जिल्ला सदरमुकाम सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका छन्। जिल्लाको सदरमुकाम रहेको खाँडाचक्र नगरपालिकाले मासिक ५० हजारको भाडाको घरमा कार्य सञ्चालन गरिरहेको प्रमुख जसीप्रसाद पाण्डेले बताए। कार्यालय व्यवस्थापन तथा कर्मचारी आवासका लागि घर भाडामा लिएको उनले बताए।

उनले भने, ‘स्थानीय तह गठन भए तर भौतिक पूर्वाधार अपुग छ,अझै चारर पाँच वर्ष त गाउँपालिकाका लागि आवश्यक पूर्वाधार निर्माणमै अलमल हुन्छ।’ जिल्लाको रास्कोट नगरपालिका पुरानो स्यूना गाविसको कार्यालयबाट सेवा सञ्चालन गरिएको भए पनि जनप्रतिनिधि तथा कर्मचारी आवासका लागि मासिक २० हजार भाडा तिर्ने गरी नौँ कोठे भवन भाडामा लिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ