२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘गाउँका सिंहदरबार’ सदरमुकामबाटै सञ्चालन

२०७४, १६ चैत्र शुक्रबार १५:४४

चैत १६, कालिकोट | जिल्लाका अधिकांश स्थानीय तहका काम सदरमुकामबाट नै हुने गरेका छन्। गाउँगाउँमा पुगेको स्थानीय तहका सिंहदरबारहरूको योजना सम्झौता, रकम फरफरात सदरमुकाममा नै हुने गरेको हो। गाउँगाउँमा पुगेका सिंहदरबारका कर्मचारीहरू स्थानीय तहमा नजादाँ तलब भत्ता, विकास योजनाको सम्झौता लगाएतका काम सदरमुकाममा नै हुने गरेको छन्।

कर्मचारी स्थानीय तहमा नगएर सदरमुकामा नै बसेका कारणले सानोतिनो काम पर्दा पनि सदरमुकाम नै धाउनु पर्ने बाध्यता रहेको नरहरीनाथ गाउँपालिका ९ लालुका रनबहादुर शाहीले बताए। उनले भने, ‘गाउँगाउँमा सिंहदरबार आएको भन्दै थिए, हामीलाई सानासाना काम गर्न पनि सदरमुकाम आउनु पर्छ।’ हरेक काम सदरमुकाममा नै हुने भएका कारणले दैनिक जसो योजना सम्झौता गर्ने, आर्थिक वर्षको अन्तिम चौमासिक रकम बुझ्नेहरूको भीड नै लाग्ने गरेको स्थानीयको भनाइ रहेको छ।

सदरमुकाम नै भाडाका सम्पर्क कार्यालय जिल्ला सदरमुकाममा स्थानीय तहका कार्यालय भाडाका घरबाट सञ्चालन भइरहेका छन्। जिल्ला ९ वटा स्थानीय तहले जिल्ला सदरमुकाम सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका छन्। जिल्लाको सदरमुकाम रहेको खाँडाचक्र नगरपालिकाले मासिक ५० हजारको भाडाको घरमा कार्य सञ्चालन गरिरहेको प्रमुख जसीप्रसाद पाण्डेले बताए। कार्यालय व्यवस्थापन तथा कर्मचारी आवासका लागि घर भाडामा लिएको उनले बताए।

उनले भने, ‘स्थानीय तह गठन भए तर भौतिक पूर्वाधार अपुग छ,अझै चारर पाँच वर्ष त गाउँपालिकाका लागि आवश्यक पूर्वाधार निर्माणमै अलमल हुन्छ।’ जिल्लाको रास्कोट नगरपालिका पुरानो स्यूना गाविसको कार्यालयबाट सेवा सञ्चालन गरिएको भए पनि जनप्रतिनिधि तथा कर्मचारी आवासका लागि मासिक २० हजार भाडा तिर्ने गरी नौँ कोठे भवन भाडामा लिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते