प्रभात सुवेदी । चैत २०, बर्दिया ।

सामाजिक रुपान्तरणका लागि काम गर्ने सहकारीको खाँचो भैरहेको अवस्थामा अनावश्यक कागजी घोडा दौडाएर रकम हिनामिना गर्ने प्रदेश ५ का सहकारी आफूलाई नचाहिएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री आरत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । चैत २०, बर्दिया ।

सामाजिक रुपान्तरणका लागि काम गर्ने सहकारीको खाँचो भैरहेको अवस्थामा अनावश्यक कागजी घोडा दौडाएर रकम हिनामिना गर्ने प्रदेश ५ का सहकारी आफूलाई नचाहिएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री आरत"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मलाई कागजी घोडा चाहिन्न ! : मन्त्री पौडेल

२० चैत्र २०७४, मंगलवार १६:०८

प्रभात सुवेदी । चैत २०, बर्दिया ।

सामाजिक रुपान्तरणका लागि काम गर्ने सहकारीको खाँचो भैरहेको अवस्थामा अनावश्यक कागजी घोडा दौडाएर रकम हिनामिना गर्ने सहकारी आफूलाई नचाहिएको प्रदेश ५ की  कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले बताउनुभएको छ । 


‘दिगो विकास लक्ष्यका लागि सहकारी’ भन्ने मूल नाराका साथ आज जिल्लामा ६१औं राष्ट्रिय सहकारी दिवस मनाउने सन्दर्भमा जिल्ला सदरमुकाम गुलरियाको जिल्ला समन्वय समितिको सभाहलमा आयोजित विशेष कार्यक्रममा बोल्नुहुँदै वहाँले यो कुरा बताउनुभएको हो ।

वहाँले मुलुक नयाँ संरचनामा गएका कारण यस अवस्थामा कृषि, भूमि तथा सहकारी लगायतका विषयहरुमा स्थानीय स्तरमा नै छलफल गरी राय सल्लाह लिएर मात्रै नीति निर्माण गरिने बताउनुहुँदै २८ गतेदेखि जिल्लास्थित सम्पूर्ण कार्यालयहरु खारेजी नभई स्थानीय निकायमा जाने भएकोले यसले गाउँ गाउँमा सिंहदरवारको नारालाई सार्थक बनाउन सघाउ पुग्ने कुरा बताउनुभयो । 

जिल्ला सहकारी संघ, बर्दिया र डिभिजन सहकारी कार्यालयको संयुक्त आयोजना तथा जिल्ला स्थित विभिन्न सहकारीहरुको सहयोगमा आयोजित दिवसमा नेपालमा सहकारी आन्दोलनका अभियान्ता तथा संस्थापक बखानसिंह गुरुङ्गको तस्वीरमा माल्यार्पण गरी कार्यक्रमको शुरुवात गरिएको थियो भने सहकारी संघका उपाध्यक्ष हरि अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा सहकारीको क्षेत्रमा उत्कृष्ट काम गरेबापत विभिन्न सहकारी तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष, स्थानीय निकायका प्रमुख, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधहिरु, जिल्ला समन्वय अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा ५ सय बढी सहकारी अभियान्ताहरुको उपस्थिति रहेको थियो । 


कार्यक्रमको अन्त्यमा जिल्ला सहकारी संघका सचिव लक्ष्मीप्रसाद शर्मा (आकाश) ले धन्यवाद मन्तव्य राख्नुभएको थियो भने संघका अध्यक्ष गोपाल प्रसाद पौडेलको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान