२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यी वडा अध्यक्ष, जसले मोटरसाइकल किन्न भनेर दिएको पैसाले मोटरबाटो बनाए

२०७४, २२ चैत्र बिहीबार १२:१८

चैत २२, ओखलढुंगा । सबै ठाउँका जन प्रतिनिधि यस्तै विकासप्रेमी हुने हो भने देश विकास हुन काटिने समय लाग्छ र ? यी हुन् ओखलढुङ्गास्थित चम्पादेवी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष शुरेश थापा, जसले गाउँपालिकाले मोटरसाइकल किन्न भनेर बिनियोजन गरेको बजेटले मोटरसाइकल नकिनेर स्वास्थ्य केन्द्रसम्म जाने बाटो निर्माण गरिदिएका छन् ।

गाउपालिकाले वडा अध्यक्षलाई आवतजावतमा गर्न सजिलो होस् भनेर दिएको बजेटबाट उनले आफ्नो वडामा रहेको स्वास्थ्य केन्द्रसम्म जाने बाटो निर्माण गरेर उदाहरणीय काम गरेका छन् । उनले गाउँपालिकाले दिएको पाँच लाख बजेटले आफूलाई मोटर साइकलभन्दा सबैलाई हुने सडक महत्वपूर्ण हुने भन्दै बाटो निर्माण गरेका हुन् । 


गाउँपालिकाले अन्य वडालाई पनि यस्तै रकम दिएको थियो जुन बजेट अनुसार काम भयो तर थापाले वडामा स्वास्थ्य चौकी नभए पछी त्यसको लागि बाटो र स्वास्थ्य चौकी बनाउन जग्गा व्यवस्थापन सँगै भवन निर्माणमा समेत काम सुरु गरिसकेका छन् । उनले आफ्नो आवश्यकता भन्दा पनि जनताको आवश्यकता हेरेर मोटरसाइकलको साटो सडक बनाएको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते