८ चैत्र २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हिल्सा नाका सञ्चालन कर्णाली सरकारको रारामा बस्ने बैठकको प्राथमितामा

२२ चैत्र २०७४, बिहीबार १५:४९

चैत २२, सुर्खेत । भारतसंग नाका नजोडिएको कर्णाली प्रदेशले अब सुर्खेत–सिमिकोट–हिल्सा नाकालाई राष्ट्रिय गौरवको आयोजनामा समाहित गर्न लागेको छ । कर्णाली प्रदेशको मन्त्रीपरिषद्को बैठकले बैशाख १ गते प्रधानमन्त्री केपी ओलीसंग रारामा बस्ने मन्त्री परिषद्को बैठकमा यो निर्णय उठान गर्न लागेको हो ।

चीनसंग जोड्ने हिल्सा सडकलाई सुर्खेत–हिल्सा प्रधानमन्त्री पर्यटन लोकमार्ग नामाकरण गरेर प्राथमिकतामा राख्न लागेको कार्यवहाक मुख्यमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री समेत रहेका ज्वालाले यो सडकलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ओली सहभागी बैठकमा ध्यानाकर्षण गरिने बताए । ‘दक्षिणतर्फका नाकासंग नजोडिएको प्रदेश भएकाले पहिलो प्राथमिकतामा हिल्सा सडकलाई राख्छौं’ ज्वालाले भने,‘राष्ट्रिय गौरवको आयोजनामा स्थापित गरेर सडक निर्माणमा तीव्रता दिन्छौं ।’


कर्णाली–रारा पर्यटन वर्ष रारा तालमा उद्घाटन गरिएपनि समग्र प्रदेश भरीकै पर्यटन क्षेत्रको विकास लागि विशेष प्याकेज ल्याउन प्रदेश सरकार जुटेको ज्वालाले बताए । ‘रारा आफैमा चर्चित हो, राराबाटै पर्यटन वर्षको शुभारम्भ गर्दैछौं’ ज्वालाले थपे,–‘प्रदेशको पर्यटन क्षेत्र रारा मात्रै हैन, अन्य क्षेत्रहरु पनि छन्, तर रारामै कार्यक्रम गर्दा पर्यटन वर्षले सार्थकता पाउने भएकाले रारामा कार्यक्रम गर्न लागेको हौं ।’

विशेष प्याकेजमा प्रदेशका १० जिल्लाकै पर्यटन क्षेत्रहरु समेटिने ज्वालाले स्पष्ट पारे । उनले कर्णाली–रारा पर्यटन वर्ष–२०७५ लाई सार्थकता दिन प्रचारप्रसारलाई तिव्रता दिइने निर्णय मन्त्रीपरिषद्को बैठकले गरेको जानकारी दिए । कार्यक्रममा जनताहरुको व्यापक सहभागीता बढाउन जिल्ला समन्वय समिति मुगु र त्यहाँका स्थानीय निकायलाई जिम्मा दिएको ज्वालाको भनाई छ । बुधबार मन्त्रीपरिषद्को बैठकले पाँच वटा निर्णय गरेको छ । सुर्खेतदेखी मुगुको ताल्चा विमानस्थलसम्म पुग्न हवाई मार्गलाई प्रभावकारी बनाइने भएको छ । स्थलगत मार्गलाई पनि प्रभावकारी बनाउन डिभिजन सडक कार्यालय सुर्खेत र जुम्लालाई मर्मत गर्न निर्देशन दिएको मन्त्री ज्वालाले उल्लेख गरे ।

रारा तालमा प्रधानमन्त्री ओलीसहित कर्णाली प्रदेशको मन्त्रीपरिषद्को बैठक बस्ने र त्यसपछि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यतालिका रहेको ज्वालाले बताए । उनले बैशाख १ गते विहान ११ बजे कर्णाली–रारा पर्यटन वर्ष–२०७५ को उद्घाटन गर्न सरिक हुने प्रधानमन्त्री ओली चैत्र ३० गते रारा पुग्ने कार्यतालिका रहेको जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकमा लोड भएको मार्बलले च्याप्दा एक मजदुरको मृत्यु, एक घाइते आज रातिदेखि आइतबार साँझसम्म मौसम खराब हुने सम्भावना भारतबाट फर्केपछि मन्त्री राणा- सरकारको सिस्टम नै परिवर्तन हुनेजस्तो आशय मैले देखिनँ चन्द्रागिरिको सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर आगलागीका घटनाबाट ६ जनाको मृत्यु, ३८ परिवार विस्थापित चोरीका २७१ वटा मोबाइल, ९ ट्याब र १५ ल्यापटपसहित ७ जना पाकेटमार पक्राउ एक्सले हाल्यो भारत सरकारविरुद्ध मुद्दा धनुषामा प्रहरीकाे हवाई फायर दस जनाले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार उच्च अदालत परिसरमा रविलाई प्रश्न, तपाईं राजावादी हो, रास्वापा लाइन के हो? कैलालीको जंगलमा अनुमति बिनै १०० भन्दा बढी विदेशी नागरिकको बसोबास, प्रशासनको २४ घण्टे अल्टिमेटम विश्वकप छनोट: कोलम्बियालाई हराउँदै ब्राजिल दोस्रो स्थानमा काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध रविले गराए उच्चमा निवेदन दर्ता मुलुक गम्भीर अवस्थामा छ, क्रान्तिका लागि तयार बनौं : रवि लामिछाने पर्सामा प्रहरीबाटै कुटिए वडाध्यक्ष एकै विद्यालयका ८ जना जुम्ल्याहा एसईई दिँदै युट्युब भिडिओ हेरेर एक युवकले आफ्नै पेटको शल्यक्रिया गरेपछि… बेलायतको सबैभन्दा ठूलो विमानस्थल २४ घण्टाका लागि बन्द ०८४ सम्म प्रधानमन्त्री बन्ने दौडमा छैन : प्रचण्ड इजरायलविरुद्ध हमासको जवाफी आक्रमण, तेल अभिभमा ३ मिसाइल प्रहार